alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

Theatre

फियोना आइडल तेश्रोको ब्यापक तयारी

User Rating:  / 0
PoorBest 

युवा पुस्ताहरुमा विशेष गरी नृत्य विधालाई समेटेर हरेक वर्ष आयोजना हुँदै आएको फियोना आइडल नृत्य प्रतियोगिताको व्यापक तयारी भइरहेको कार्यक्रम संयोजक भिम गुरुङले आलोपालो डटकमसँग भेटेर जानकारी दिएका छन् ।

मार्च २८ तारिखका दिन जोर्डनको भेटमा संयोजक गुरुङले बताए अनुसार, विशुद्ध नेपाली गीत विधालाई समेटेर आयोजना हुनलागेको नृत्य प्रतिभाको खोजीमा अप्रेल १७ तारिख मंकी हिलमा अडिसन राउण्ड आयोजना गरिने र त्यहाँ बाट छनौट भएका कम्तिमा १० उत्कृष्ट नृत्यकारहरुलाई समेटेर प्रशिक्षण गराई आगामी मे महिनाको १५ तारिख याउ मा तेइ कम्युनिटी सेन्टरमा ग्राण्ड फिनाले अर्थात फाइनल हुने बताएका छन्  ।

यस पालिको प्रतियोगितामा पनि प्रतियोगितहरुले हङकङको कुनै एक संस्थाको सिफारिसमा आवेदन गर्न पाउने आयोजक फियोनाले बताएको छ । यसकालागि जोर्डन र युनलङका केही पसलहरुमा आवेदन फारम उपलब्ध रहेको छ ।

नृत्यकालागि केटा वा केटी दुवै सहभागी हुन सक्ने छन् । प्रतियोगितामा विजयी भएमा लभगग ५० हजार रुपैया, उप विजयी भएमा ३० हजार रुपैया वा तेश्रो भएमा २० हजार रुपैया एवं फियोना आइडल तेश्रोको उपाधि पाउने छन् । अडिसन राउण्डमा छनौट भएकाहरुलाई स्थानीय उत्कृष्ट नृत्यकारहरुले प्रशिक्षण प्रदान गर्ने गुरुङले बताए ।


 

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।