alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

Music

'पाइला'संगै पाइला बढाउँदा-मनमा लागेका कुराहरु

User Rating:  / 0
PoorBest 

(गोधूली साँझमा टोलाउँछु एक्लै, तिमीलाई नै सम्झेर)-
(
जूनतारा हेर्नै सक्दिन)- , (तिम्रो याद आउँछ बल्झेर)-
गोधूली
साँझमा…हो… हो… हो…
.हो
कवि
, कथाकार एवं गीतकार दीप्स शाहका लोभ लाग्दा शब्दहरु, नवोदित सङ्गीतकार तुफान शान्तको सुन्दर सङ्गीत संयोजन अनि गायक गौरभ दर्पणको सुमधुर स्वरमा सजिएको यो गीत ट्रेड भिजन इन्भेस्ट्मेन्ट प्रा०लि०को प्रस्तुतिमा भर्खरै बजारमा आएको गौरभ दर्पण सृष्टी हिङ्ग्माङ्गको गीति एल्बम 'पाइला'को हो

गीत सङ्गीतको असल श्रोता हुनुको नाताले एल्बमभित्र समेटिएका आठै ओटा गीतहरु उपर स्वतन्त्र अभिब्यक्तिको चलखेल गर्दा अधिकांश गीतहरुको सङ्गीत र गायन पक्ष सबल लाग्छन् भने शब्द संयोजनको पक्षमा भनेजति रमाउँन सकिँदैन । यद्यपि दीप्स शाहको 'गोधुली साँझमा', हेमन्त रिजालको 'टिपेर लैजा' र गौरभ दर्पणको 'अब मलाई' जस्ता शसक्त र सुन्दर गीति सिर्जनाहरुले अन्य गीतहरुमा रहेका सानातिना कम्जोरीहरुलाई सजिलै बिर्साइ दिने गर्छ l

लोक आधुनिक, आधुनिक, र अत्याधुनिक गरि जम्मा तीन किसिमका गीतहरु समेटिएका यस एल्बममा नवोदित गायक गायिका गौरभ दर्पण र सृष्टी हिङ्गमाङ्गले शब्द र सङ्गीतको तालमेललाई जीवन्त बनाउन अथक प्रयास गरेकाछन् । तर, शब्द संयोजनको समुचित जोड घटाऊ हुन नसक्दा र लय, गति र यतिलाई पालना गर्नै पर्ने बाध्यात्मक अवस्थाले गर्दा कतै कतै उनीहरुको मिहिनेतमा पानी फेरिन पुगेको कुराको आभास समेत हुने गर्छ l

गौरभ दर्पण र सृष्टी हिङ्माङको युगल स्वरमा गुन्जिने एल्बमको पहिलो गीत 'तिम्रो घर' पूर्बी नेपालका बिशेषताहरुको जानकारी दिन जति सफल छ यसको गायन र सङ्गीत पक्ष पनि त्यतिकै सबल लाग्छ । बरिष्ठ सङ्गीतकार राजु सिंहको सुन्दर सङ्गीत संयोजन रहेको उक्त कर्णपृय गीतको शब्द गायक स्वयंले सिर्जना गरेका छन् । पूर्वि नेपालका बिशेषताहरुको जानकारी दिँदै बोकेर प्रस्तुत हुने दोश्रो नम्बरमा रहेको युगल लोक आधुनिक गीत (पूर्वै रमाइलो)को स्वर र सङ्गीतले पूर्वेलि श्रोताहरुको मन खिच्नमा कुनै कसर राख्ने देखिंदैन । तर, उचित शब्द संयोजन गर्नमा 'बिहानी कला केन्द्र'नराम्ररी चुकेको प्रतीत हुन्छ । समग्रमा गायन र सङ्गीत पक्षको सुमधुर तालमेल हुँदा हुँदै पनि गीतका श्ब्दहरुमा बौद्धिक श्रोताहरु उत्ति बेसी रमाउँन सक्दैनन ।

शब्द, सङ्गीत र गायन सप्पै कुराले एल्बमकै शिर्ष स्थानमा रहेको तेश्रो नम्बरको गीत 'गोधूली साँझमा'भित्र समेटिएका शब्द शब्दले श्रोताको मन-मुटु छुन्छन् । सर्जक दीप्स शाहको सुन्दर शब्द सिर्जनालाई जीवन्त बनाउन नवोदित सङ्गीतकार तुफान शान्त र गायक गौरभ दर्पणले बराबरी योगदान दिएका छन् भने नवोदित गायीका सृष्टी हिङ्गमाङ्गको एकल स्वर रहेको चार नम्बरको गीत 'टिपेर लैजा' पनि उत्तिकै शसक्त प्रस्तुति मान्न सकिन्छ । गीतकार हेमन्त रिजालको रचनालाई नवोदित गायीका सृष्टी हिङ्गमाङ्गको सुमधुर स्वरमा सजाउन सङ्गीतकार कमला खनाल रिजालले निक्कै सुन्दर सङ्गीत संयोजन गरेकिछिन् ।

केही पुरानो शैलीमा रहेको गायक गौरभ दर्पण स्वयंको रचना र स्वर रहेको पाँच नम्बरको गीत 'ए हावा'ले श्रोताहरुलाई नचाउन नसके पनि मन्त्रमुग्ध बनेर सुन्न भने बाध्य गराउछ भने त्यस गीतमा अनुभूत भएका सप्पै भावुकतालाई छैटौं नम्बरको गीत 'तिमी मेरो'ले पलभरमै बिर्साईदिन्छ । यसोदा शाक्यको अत्याधुनिक सङ्गीत संयोजन रहेको उक्त युगल गीतमा गौरभ दर्पण र सृष्टी हिङ्ग्माङ्गले नयाँ पुस्ताका श्रोताहरुलाई जुरुक जुरुक उचाल्ने प्रयास गरेकाछन् ।

त्यसैगरि हेमन्त रिजालको शब्द र कमला खनाल रिजालको सङ्गीत संयोजन रहेको अर्को गीत 'किन कहाँ'मा गायीका सृष्टी हिङ्ग्माङ्गले अत्यन्तै रोमाण्टनिक आवाज पस्किएकिछिन् भने अन्तिम गीत 'अब मलाई'मा गौरभ दर्पणले श्रोतालाई पु:न भावुकतामा डुबाउछन् । थरेन्द्र बरालको रचना रहेको उक्त गीतमा पनि कमला खनाल रिजालले नै सङ्गीत संयोजन गरेकिछिन् ।

समग्रमा केही शब्दसंयोजनलाई अलग राखेर हेर्दा 'पाइला' साँच्ची नै नेपाली गीत सङ्गीत क्षेत्रको यौटा नयाँ पाइलाको रुपमा सिर्जना भएको कुरामा कुनै सन्देह छैन । बिहानी कला केन्द्र उर्लाबारी मोरङ्ग र मोरङ्ग सुनसरी प्रवासी सेवा समाज दोहा कतारको बिशेष सहयोगमा श्री म्युजिक प्रा०लि० काठमाडौंले उत्पादन गरेको 'पाइला'को सफलताको कामना गर्दै सम्पूर्ण सर्जकहरुलाई एकमुष्ठ बधाई तथा शुभकामना ब्यक्त गर्दछु ।

 

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।