alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

दस वर्ष पछि फेरि देवयानीको चर्चा

 

सन्तोष काफ्ले धरान
वि.सं २०५८ सालमा भएको राजदरवार हत्याकाण्डपछि चर्चामा आएको नाम हो, देवयानी । तत्कालीन युवराज दीपेन्द्र शाहको प्रेमीकाको रुपमा चर्चामा आएकी ‘देवयानी’को नाममा अहिले चलचित्र वनेको छ । यो नाममा चलचित्र वनाउन कस्सिएका हुन्, निर्देशक विजय वस्नेत । विजयले यसअघि चलचित्र ‘शहिद’ निर्माण्ँ गरेका थिए । चलचित्र देवयानीका विÈयमा निर्देशक वस्नेतले केही पनि वोल्न चाहेनन् । उनले, चलचित्र नारी कथावस्तुमा आधारित रहेको वताएपनि राजदरवारस“ग जोडिएकी देवयानीको कथावस्तु हो या होईन भन्ने  प्रश्नमा भने–’यो नै चलचित्रको मुख्य जड हो । यसकारण्ँ यसलाई अहिले नै खोल्न चाहन्न ।’

 

धरान पूर्वाञ्चलको चलचित्र सिटी बन्न सक्ने

धरान असार २५ /  धरानमा कलाकारहरु एक भएमा धरान पूर्वाञ्चलको चलचित्र सिटी बन्न सक्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
शुक्रबार साप्ताहिक र अनाम नेपालको आयोजनामा हिजो आयोजित धरानमा चलचित्र पर्यटनको संम्भावना सम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । धरानमा प्रसस्त कलाकारहरु भएपनि फिल्ममा बनाउदा चाहिने सामग्री काठमाण्डौबाट ल्याउनुपर्ने बाध्यता रहेको शुक्रबार साप्ताहिकका सम्पादक किशोर नेपालले बताउनुभयो ।

नेपाली कथानक चलचित्र “नैना रेशम” को हङकङमा प्रिमियर शो ।

२ मे २०११ (सन्तोष तामाङ/हङकङ)
याउमातेई स्थित हेनरी जी लङको हलमा नेपाली कथानक चलचित्र “नैना रेशम”को प्रिमियर शो सम्पन्न भएको छ । ठकुरी समाज हङकङको प्रस्तुती रहेको सो प्रिमियर शो को आयोजना अरनिको एशोसियसन हङकङले गरेको थियो । ।

धरानका दर्शकले मनपराए अंगालो यो मायालाई

धरान //इन्डियन आइडल प्रशान्त तामांग अभिनित चलचित्र अंगालो यो मायाको धरानको गण्ँेश टाकिजमा बिहिबारदेखी प्रदर्शनमा आएको छ । असार दस गते रिलिज भएको चलचित्रले धरानमा प्रदर्शनको लागि बल्ल पालो पाएको हो ।चलचित्रको प्रोमोसनको लागि चलचित्रका निर्माता किशोर दुन्ङमाली राई र नायिका हर्षिका श्रेष्ठ धरान आएका छन् । नायिका श्रेष्ठको यो डेब्यु चलचित्र हो । प्रदर्शन भएका अन्य स्थानमा औसत व्यापार गरेको चलचित्रले धराने दर्शकको मन जित्ने विश्वास निर्माता राईले गरे ।

आबुधाबीमा निर्देशक प्रकाश पौडेल

रुन्चे गायकका रुपमा परिचित गायक प्रकाश पौडेल निर्देशकको रुपमा समेत आफूलाई अगाडि ल्याउन प्रयासरत छन् । उनले आमा, काले, हेलो, बाबाजी लगायतका आफ्नै गीतहरुको म्यूजिक भिडियो आफ्नै निर्देशनमा तयार गरिसकेका छन् । उनले ‘आमा’ बोलको गीतको भिडियो नेपालमै पहिलोपल्ट वानटेक भिडियोको रुपमा तयार गरेका छन् ।

फरक धारको एउटा चलचित्र श्रीमान

चलचित्र हेरी सकेपछि दर्शकहरु रुमालले आसु पुछ्दै बाहिर निस्केको देख्न नपाएको धेरै भइसकेको थियो । विगत केही बर्ष अगाडीसम्म भावानात्मक दृश्य चलचित्रमा हेरेर रुदै बाहिर निस्कने विषेशत महिला दर्शकको जमात धेरै हुन्थ्यो ,। तर यो अवसर लामो समय पछि एक चलचित्र मार्फत देख्न पाइएको छ जसमा समान रुपमा महिला र पुरुष दर्शक आसु झार्दै हल बाहिर निस्किए ।

नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक - ध्रुव दत्त

देवराज राई
हङकङको नेपाली समुदायमा अभियनको क्षेत्रमा एक समय निकै चर्चा बटुलेका नायक ध्रुव दत्त चर्चामा छन् ।  बेलायततिर स्थाई बसोबास गर्न थाले पछि हङकङको अभिनय क्षेत्रमा भने उनको अभाव महशूष गर्न थालिएको छ । हङकङमा चाँहि चलचित्र अभिनय सम्बन्धि गतिविधिहरु पनि विस्तारै शून्य भइरहेको छ ।

हङकङमा गोर्खा पल्टन

इण्डियन आइडल तेश्रो बनेर एकाएक चर्चामा आएका प्रशान्त तामाङद्वारा अभिनित चलचित्र गोर्खा पल्टन हङकङको याउ मे तेइ कम्युनिटी सेण्टरमा गत मे २२ तारिखका दिन विशेष प्रदर्शनी भयो ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।