alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

हङकङका नेपाली ः नेपालीहरूको संघर्ष, सफलता र पहिचानको दस्तावेज

लामो समयदेखि हङकङेली नेपालीका बारे कलम चलाउँदै आएका पत्रकार डम्बरकृष्ण श्रेष्ठले बनाएको ‘हङकङका नेपाली’ वृत्तचित्र ३ र ६ नोबेम्बरमा हङकङका जोर्डन र युनलङमा प्रदर्शन भएको छ । श्रेष्ठले तीन वर्षअघिको एकमहिने हङकङ बसाइमा देखेभोगेको हङकङेली नेपाली समाजलाई जीवन्त पस्केका छन् । प्रवासको संघर्ष र सफलताभित्रै मातृभूमिप्रति देखाइएको मायालाई पनि वृत्तचित्रले उजागर गरेको छ ।

हङकङका नेपाली हङकङमा प्रर्दशन हुदै

लामो समयदेखि हङकङमा रहेका नेपालीहरूका विषयमा रिपोटिर्ङ गर्दै आएका पत्रकार डम्बरकृष्ण श्रेष्ठले बनाएको हङकङका नेपाली नामक डकुमेन्ट्री फिल्म हङकङका दर्शकले यहि नोवेम्बरको पहिलो साता हेर्न पाउँने भएका छन । नेपाल पत्रकार महासंघ हङकङ र एभरेष्ट मीडियाको आयोजनामा यही ३ र ६ नोभेम्वरमा युङलङ टाउन हल र पाकिस्तान क्लब जोर्डनमा प्रदर्शन हुने भएको छ ।

हङकङमा धरान एक परिचय बृत्तचित्र प्रदर्शनी

अप्रेल १० तारिख दिन धरानबाट हङकङ आई विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु हसिला देखिन्थे । उनीहरुको मुहारमा धरानप्रतिको सद्भाव र माया प्रष्ट झल्कन्थियो ।

हङकङका नेपाली प्रर्दशनका लागि तयार

लामो समयदेखि हङकङमा रहेका नेपालीहरूका विक्षयमा रिपोटिर्ङ गर्दै आएका पत्रकार डम्बरकृष्ण श्रेष्ठले बनाएको हङकङका नेपाली नामक डकुमेन्ट्री फिल्म प्रर्दशनका लागि तयार भएको छ । विगत १६ वर्षदेखी पत्रकारितामा सक्रिय हिमाल खबरपत्रिकाका विशेष सम्वाददाता श्रेष्ठले यसअघि हङकङमा रहेका नेपालीहरूको जीवनलाई सञ्चारमाध्यमहरुमा पस्कदै आएका थिए । यस पटक भने उनले डायोस्पोराको हङकङलेली जीवन, संघर्षलाई पर्दामै उतारेका हुन् । पत्रकार श्रेष्ठको हङकङको एक महिने यात्राका क्रममा भेटिएका विभिन्न क्षेत्रमा पहिचान बनाएका नेपालीहरू तथा देखिएको नेपाली जीवनहरू यसमा देख्न पाइनेछ ।

खगेन्द्र थापामगरबारे वृत्तचित्र दि स्याडो अफ माउन्ट एभरेष्ट

विश्वकै होचा व्यक्तिको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम लेखिएका खगेन्द्र थापामगरबारे वृत्तचित्र दि स्याडो अफ माउन्ट एभरेष्ट (सगरमाथाको प्रतिविम्ब) निर्माण भएको छ। वृत्तचित्रमा बाग्लुङ जिल्लाको धुल्लुबास्कोटका थापामगरलाई मीनबहादुर रानाले पोखरा ल्याई पालनपोषण गरेर गिनिज बुकमा नाम लेखाउन सफल भएको देखाइएको छ।

'युद्धकालमा जवाफदेयिता' वृत्तचित्र

इलाम १ जेठ / युद्धकालमा राज्य पक्ष र विद्रोही पक्षबाट घटाइएका घटनाहरूको दृश्य समेटिएको वृत्तचित्र आज इलाममा प्रर्दशन भएको छ । 
लोकतान्त्रिक स्वतन्त्रता तथा मानव अधिकार संस्थाको आयोजना र मानव अधिकार मञ्च इलामको संयोजनमा तत्कालीन द्वन्द्वरत पक्षले गरेका ज्यादती तथा अमानवीय घटनाहरूको सङ्गालो ‘युद्धकालमा जवाफदेयिता’ नामक वृत्तचित्र प्रर्दशन भएको हो ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।