alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

दलितहरुको अधिकार सुनिश्चित हुनुपर्ने माग

-सन्तोष काफ्ले 
धरान / अब बन्ने संघीयता सहितको नया संविधानले संघीय राज्यमा दलितहरुको अधिकार सुनिश्चित हुनु पर्नेमा  संयुक्त दलित संघर्ष समितिले जोड दिएको छ  । समितिले  फलाम तातिएको बेला घन प्रयोग गरेर आकारमा ल्याउनु उचित समय भएकोले दवाव मुलक कार्यक्रम  सहितको सर्घषको आवश्यकता रहेको समितिको ठहर छ   । 

Read more: दलितहरुको अधिकार सुनिश्चित हुनुपर्ने माग

आनन्दी समाज, उत्पादनका साधन सर्बसाधारणको

साम्यवादी चिन्तनको लक्ष कुनै वर्ग नभएको र सवै जना सबै किसिमले एकनासको हुनु हो भनेर साम्यवादीहरुले भन्ने गर्दछन । यो अबस्था आउनलाई विभिन्न चरण पार गर्नु पर्दछ , त्यो सबै गर्न वर्ग संघर्ष भएर सर्बहाराको नेतृत्व पहिले कायम हुनु पर्दछ भन्ने उनिहरुको रटान हुने गर्दछ । उत्पादनका साधनमा राज्यसत्ताको स्वामित्व, क्षमता अनुसारको काम अनि मान्छेको जन्मदेखि मृत्यु पर्यान्तको आबश्यकताको परिपुर्ति राज्यसत्ताबाट भन्ने उनीहरुले देखाउने सपनाको हिस्सा हो ।

Read more: आनन्दी समाज, उत्पादनका साधन सर्बसाधारणको

बाहुबलका रोलमोडल

असार ४ -दस वर्षअघिसम्म ट्याक्सी ड्राइभर पर्शुराम बस्नेत अहिले विराटनगरका खान्दानी व्यापारीजस्तै खातापिता छन्। गोल्छा, दुगड, विशाल र काब्रा 'ग्रुप'भन्दा उनको सानसौकत कम छैन। युथफोर्सको विराटनगर अध्यक्ष भएपछि त उनले राजनीतिक हैसियत पनि बनाएका छन्। ती व्यापारिक घरानाले विराटनगर कर कार्यालयमा वार्षिक करोडौं राजस्व बुझाउँछन्। पर्शुरामलाई भने कर कार्यालय धाउनुपर्ने झन्झट पनि छैन।
उनी कर तिर्दैनन्, बरु कमिसन, हप्ता, दस्तुरी र सलामी उठाउँछन्। उनले केही वर्षदेखि मोरङमा समानान्तर अर्थतन्त्र चलाइरहेका छन्। विराटनगरका केटाकेटीदेखि सर्वसाधारण बुढापाका पनि उनलाई 'एक नम्बरको डन' ठान्छन्।

Read more: बाहुबलका रोलमोडल

गजल

- राग
अरुलाई त सुनको
मलाई पिर नुनको

हेर्दै जाऔं के के हुन्छ
बलिदानी खुनको

Read more: गजल

अन्यत्र सम्बन्धका परिणामहरु

फत्तेपुर / उ अहिले १४ बर्षकी भई । केही बर्षदेखि उ निकै तनावमा भेटिन्छे । उसमा पुरै निराश छाएको उसको अनुहारबाट सजिलै पढ्न सकिन्छ । आफ्नै मम्मीको व्यवहाराका कारण उ तनावमा हुन्छे । मम्मीलाई असाध्यै घृर्णा पनि गर्छे । उसको ड्याडी केही वर्Èदेखि घर आउनै छाडेका छन् । मम्मीसँग टाढीन कै लागि ड्याडी जागरिमा टाडा सरुवा मिलाएर बसेका छन् । एक जना जागिरे अंकलसँग मम्मीको अफेयर चलेका कारण छोरीमा निराशाको छाया परेको रहेछ ।

Read more: अन्यत्र सम्बन्धका परिणामहरु

धरानमा प्रतियोगितात्मक गजल गोष्ठि

इटहरी १० मंसिर÷ सुनसरीको धरानमा आज जिल्ला स्तरिय खुल्ला प्रतियोगितात्मक गजल गोष्ठि सम्पन्न भएको छ ।  नेपाल गजल प्रतिष्ठान सुनसरी शाखाले आयोजना गरेको कार्यक्रममा सुनसरी जिल्लाका नयाँ तथा पुराना सर्जकहरुले भाग लिएका थिए । प्रतियोगितामा अर्जुन भट्टराई, आश्था आले, तेजोत्पल भट्टराई र आनन राईका गजललाई उत्कृष्ट घोषणा गरिएको थियो । उत्कृष्ट गजलकारलाई कार्यक्रमका प्रमुख अतिथी प्राध्यापक डा टंक न्यौपानेले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो । 

Read more: धरानमा प्रतियोगितात्मक गजल गोष्ठि

सन् सगरमाथा दिवस: सगरमाथामा कीर्तिमान राख्ने विश्वव्यापी होडबाजी

काठमाडौँ, १४ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ५८ वर्ष पूरा भएको छ ।
दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिख (जेठ १५) का दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिए । यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति पायो ।

Read more: सन् सगरमाथा दिवस: सगरमाथामा कीर्तिमान राख्ने विश्वव्यापी होडबाजी

हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्

जेबी पुन मगर
केही वर्षयता हङकङलाई चियाएर हेरिरहेका सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले यहाँका नेपालीका सकारात्मक नकारात्मक पक्षहरूको साङ्गोपाङ्गो वृत्तान्त नेपालको सबैभन्दा बढी प्रभाव छाड्ने म्यागेजिन हिमाल खबरपत्रिकामार्फत् संसारभर छरिरहेका थिए । कुरा नचपाएर भन्ने हो भने सर्वप्रथम हङकङेली नेपाली र तिनका मुद्दालाई विश्वव्यापीकरण गर्ने श्रेय डम्बरकृष्णलाई दिनुपर्ने हुन्छ । त्यसो त उनले लेख्नुअघि हङकङका कथाव्यथा शब्दचित्रमा नउधिनिएका होइनन् तर हङकङका स्थानीय सञ्चारकर्मीको त्यस्तो प्रयास यहींको चारदिवारीमा कैद थियो ।

Read more: हङकङका नेपाली यसकारण आफ्नो कुरुप अनुहार नियाल्न चाहदैनन्

नयाँ वर्ष २०६८ सालले मलाई टेकनाथ रिजाल र भुटानी शरनार्थीहरुको ताजा सम्झाना गरायो

नेपाली नयाँ वर्ष २०६८ साल मनाउँन १३ एप्रिलको वेलुकी हार्वी ग्रामर  स्कुलको प्राङ्गनमा कवि देवेद्र खेरेस, गजलगो विपु वाईवा र डेभिड भान्जाको साथमा म स्वयम पुगे । नर–नाता आफन्तजनहरुसंग नयाँ वर्षको शुभकामना आदान प्रदान भए । वेलुकाको खाना खाए पछि सांगीतिक कार्यक्रम शुरु भयो । भान्जा भान्जीहरुले नेपाली गीतमा राम्रा राम्रा नृत्यहरु देखाए । याक्थुमचुम्लुङ्गले प्रस्तुत गरेको च्याब्रुङ्ग नाचले नेपाली जात जातीको प्रतिनिभित्व गरेको थियो भने त्यस्तै खेवाङ्ग रोक्का र मोहित रोक्का २ जना कलीला नानीहरुका नृत्यले साच्चै हामी नेपाली हुनुको अर्थ बोकेको थियो ।

Read more: नयाँ वर्ष २०६८ सालले मलाई टेकनाथ रिजाल र भुटानी शरनार्थीहरुको ताजा सम्झाना गरायो

बुद्धिजीविहरु संविधान कस्तो हुन्छ भनिएको थियो ?

 हुन त आङ्खनो बुद्धि विवेक विक्रि गरेर सुविधा सम्पन्न जीवनयापनको बानी परेका नेपाली बुद्धिजीविसंग यस्तो प्रश्न गर्नु मुर्खता ठहरिन सक्छ । अझ नेपालीको रोग, भोक र गरिवीको बारेमा मोटा मोटा प्रोजेक्ट प्रपोजल लेखेर राजधानीमा आङ्खनो करोडौको ‘झुपडी’ खडा गर्न सफल बुद्धिजीविहरुले जनताको पिडामा साथ दिन्छन भन्ने कल्पना गर्नु पनि मृगतृष्णा नै हो, किनभने रोग, भोक र गरिवी रहेन भने यस्ता बुद्धिजीविहरुको हातमुख जोर्ने मेसो नै हराउन्छ ।

Read more: बुद्धिजीविहरु संविधान कस्तो हुन्छ भनिएको थियो ?

सप्तकोशीको त्रासदी जीवन

सुनसरीः गत वर्षायाममा सप्तकोशीले चतराको पुल्ठेगौंडा १० नम्वर र ११ नम्वर स्परको वीचभागको पूर्व पट्टीबाट तीव्र रुपले कटान गर् यो । सुनसरीको चतरा पुल्ठेगौडा नजिकमा कोशीको पानी छेक्ने पूर्वी डिल देखि करीव ३०० मिटर मात्रको दुरीमा चतरा नहर वग्दछ । यदि यो ३०० मिटर भाग कटान भएको भए कोशीको मुल भंगालाहरु मध्ये एउटा भंगालो चतरा नहरमा मिसिने थियो । यसो भएको भए कोशी नदी झुम्का हुँदै सुनसरी सदरमुकाम इनरुवा र देशको दोस्रो ठूलो शहर बिराटनगर सम्म पनि पुग्ने थियो । निःसन्देह यो दुर्घटना २०६५ भाद्र २ गते कुशाहा तटबन्ध फुट्न गई भएको घटनाभन्दा पनि निक्कै ठूलो हुने थियो ।

Read more: सप्तकोशीको त्रासदी जीवन

धमिलो पानी विस्तरै सफा हुँदै छ

 नेपाललाई एकतर्फिरुपमा धर्म निरपेक्ष घोषणा गरिएको चार पाँच बर्ष भयो । शुरुका बर्षमा धर्म निरपेक्षतालाई महान काम भनेर ठूलाठूला डाँको गर्नेको अगाडी हैन यो त ठिक कुरा भएन भन्ने आवाज दवाउन अनेक प्रकारको विधि अपनाईयो । जनजन साक्षी छन, खबरदार धर्म निरपेक्षताको विरोघ गर्यौ भने महंगो मूल्य चुकाउनु पर्ला भनेर पनि भनियो ।

Read more: धमिलो पानी विस्तरै सफा हुँदै छ

मातृभाषाको प्रयोग कम भएकाले मुन्धुम संकटमाः कुलपति काइला

धरान– नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइलाले आदिवासी जनजाति समुदायमा पर्ने लिम्बु जातिको संस्कृती भूमण्डलीकरणको चपेटामा परेर विस्तारै लोप हुन थालेको बताएका छन् ।

Read more: मातृभाषाको प्रयोग कम भएकाले मुन्धुम संकटमाः कुलपति काइला

रङ्गमञ्चको दृष्यमा कविता

देबेन्द्र कार्की
'संगीत ध्वनीको कविता हो, चित्रकला कविता हो–दृश्यको ।’ –जेम्स म्याकनेल व्हीस्टलर अमेरिकामा जन्मिएका प्रसिद्ध बेलायती कलाकार  व्हीस्टलरले कलाको सम्बन्धमा भनेको यो कुरा एकदमै महत्वपूर्ण छ । व्हीस्टलरले भनेका कुरालाई   धरानमा कला र साहित्यलाई फयूजन गर्न सकृय संस्था कलरवले प्रमाणित गर्न एउटा नयाँ काम गरेको छ ।

Read more: रङ्गमञ्चको दृष्यमा कविता

राताम्मे पहाड

भोजपुर ÷ कुनै बेला रगतले राताम्मे बने, गुरिल्ला तालिम सञ्चालन भए, लडाइँ गर्ने सुरक्षित स्थान मात्र बनेनन् यी ठाउँ । दिनहँु बम–बारुदसँगै युद्धगीत गाइने ठाउँको परिचयसमेत कमाए । झण्डै एक दशकपछि अब विस्तारै यी ठाउँले शान्तिगीत गाउन थालेका छन् । हो, यस्तै बिडम्वनाका बीच एक दशक बिताएका यहाँका वासिन्दा अब यी दिन इतिहासमा सीमित होस भनिरहेका छन् ।

Read more: राताम्मे पहाड

खुसी के हो ?

-पूर्णकला गुरूङ
नेपाली वर्णमालाको दुई अक्षर मिलेर बनेको सानो शब्द “खुसी” । खुसी रहन कसलाई मनपर्दैन होला र/ खुसी के हो ? भन्ने कुरा व्यक्ति विशेषमा निर्भर गर्दछ । हरेक व्यक्ति भिन्न अवस्था र परिस्थितीमा खुसी हुन सक्दछ ।

Read more: खुसी के हो ?

किरात राई अन्तर्राष्ट्रिय सम्मेलन : काठमाडौं घोषणा पत्र–२०११

नेपालका आदिवासी जनजाति मध्येका एक ऐतिहासिक आदिवासी जनजाति समूह किरात राईहरूको अन्तर्राष्ट्रिय सम्मेलन यही २०६७ चैत्र २७, २८ र २९ गते (१०–११–१२, अप्रिल, २०११÷किरात येले संवत् ५०७१) मा नेपालको काठमाडौंमा भव्य र ऐतिहासिक रूपमा सम्पन्न भयो । ‘संसारभरिका किरात राईहरुको साझा पहिचान, दिगो भावनात्मक एकता र इतिहासको पुनर्लेखन’ भन्ने नाराका साथ सम्पन्न ऐतिहासिक सम्मेलन नेपाल सरकारका सम्मानीय प्रधान मन्त्री श्री झलनाथ खनालद्वारा उद्घाटन गरिएको थियो । उक्त अन्तर्राष्ट्रिय सम्मेलन निम्न १९ बुँदे प्रस्तावहरू ‘काठमाडौं घोषणा पत्र–२०११’ का रुपमा पारित गर्दछ ।

Read more: किरात राई अन्तर्राष्ट्रिय सम्मेलन : काठमाडौं घोषणा पत्र–२०११

मतुवाली जातिको सान्दर्भित्ता कतिको औचित्य

-- दिलविक्रम आङदेम्वे
बिद्यार्थी समाजशास्त्र, त्रि.बि किर्तिपुर, काठमाडौ

‘फुङमा, एक ट्वाक ल्याउ त’
‘धन्यवात’ तर  मलाई चल्दैन मित्र ।’
‘अरे यार, तँ ‘वाहुन’ होस कि क्या हो’? यो त हाम्रो सगुन हो । खान,े मातिन्ने र मोजमस्ती गर्ने हामी मतुवालीहरुको त जातै ‘जम्दार’ प्लीज थोरै लिनुपर्छ !

Read more: मतुवाली जातिको सान्दर्भित्ता कतिको औचित्य

चाइनीज बुद्धधर्महरु

गौतम बुद्धको मृत्यू भएको पाँचसय वर्षपछि बुद्धधर्मममा ठूलो परिवर्तन आएको विश्वास गरिन्छ । त्यस समयमा प्राचिन तेराभादा सिद्धान्तले सिमित धार्मिक समूदायलाई निर्भाणा प्राप्तिको खोजमा सर्वसाधारणलाई बञ्चित गरेको थियो । जसले गर्दा महायाना सिद्धान्तको प्रतितपादन हुन पुगेको थियो । यस सिद्धान्तका अनुसार प्रत्येक व्यक्ति बुद्धजस्तै सजिलै निर्भाणा प्राप्त गर्न सक्दछ । यसैकारण जोसुकैले बिना भेदभाव सजिलैसंगले सम्पूर्ण मानवजातिले निर्भाणा प्राप्तिको खोजमा संलग्न हुन पाउँदछ ।

Read more: चाइनीज बुद्धधर्महरु

घुम्दै जादा: साथीसंग मुक्का हाना हान

-काङमाङ नेरश
छुट्टीमा हाम्रो देश नेपाल गएको समयमा कलेज पढ्दाको एक जना साथी रामसंग धरानमा मेरो भेट भयो । गर्मी भएकोले हाम्रो पसिना बगिरहेको थियो त्यसैले छाप्री होटेलमा पस्यौ अनि कोका कोला र मम खादै गफ गर्न थाल्यौ । तपाई त लाहुरे भैसक्नु भएको रैछ थाहा थिएन । तपाई किन भर्ती जानु भयो भनी उनले सोधे ।

Read more: घुम्दै जादा: साथीसंग मुक्का हाना हान

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।