alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

जागरुक नारी प्रजाराज्यलक्ष्मी

-नरेन्द्रराज प्रसाई
एक पटक राजा त्रिभुवनले साहेबज्यू रणविक्रम शाहसमक्ष मुख फोरेका थिए– ‘ए दाइ १ खड्गमान सिंहलाई हजुरकी छोरी दिनुप¥यो ।’ राजाका कुरा सुनेर शाह छक्कै परे । ती सम्बादले उनी कति छक्क परे भने तीन छक्क परे । जीवनमा उनले त्यस्तो उल्का कुरा सुनेको त्यही पहिलो चोटि थियो । त्यो कुरा पनि राजैबाट सुन्दा उनी छाँगाबाट खसेसरि थिए ।

Read more: जागरुक नारी प्रजाराज्यलक्ष्मी

राष्ट्रवादी स्रष्टा रवीन्द्र शाह

- नरेन्द्रराज प्रसाई

श्रद्धाको फूल चढाई दिनु 

आएर लाशमा

नपाए फूल भै गयो, तिमी 

रोइदिनु आशमा ।

नारायणगोपालले रवीन्द्र शाहको गीत गाएपछि त्यसबेला नेपाली परिवेशमा यी दुवै स्रष्टाको महिमा बढेको थियो । त्यतिमात्र होइन शाहका शब्दमा नारायणगोपालको स्वर मिस्सिएपछिको भाका त्यसबखतका दुख्खमा रमेका प्रेमीप्रेमिकाको गीता बन्थ्यो ।

Read more: राष्ट्रवादी स्रष्टा रवीन्द्र शाह

सरदार रूद्रराज पाण्डे

-नरेन्द्रराज प्रसा
सरदार रुद्रराज पाण्डे संवत् १९५७ साल फागुन २६ गते पद्मराज पाण्डे र टीकालक्ष्मीका सुपुत्रका रूपमा काठमाडौँमा जन्मेका थिए । पाण्डेका पुर्खा गोर्खाका शाह र पाल्पा अनि तनहुँका सेन राजाहरूका गुरु थिए । सरदार पाण्डे नेपालका एउटा नागरिक मात्र थिएनन्; नेपालका एउटा होनहार, त्यागी र तपस्वी व्यक्तित्व थिए । पाण्डेकै दूरदर्शी सोचाइको कारण नेपालीले स्वतन्त्रतापूर्वक नेपाली शब्दलाई उच्चारण गर्न पाए । राणाकालीन समयमा नेपाली भाषालाई भारतमा लगेर मान्यता दिलाउने रुद्रराज पाण्डे नै प्रथम गुरुबाबु थिए । नेपालका विद्यार्थीलाई पटनामा पुगेर म्याट्रिक (एस.एल.सी.) दिने प्रचलनलाई उनले हरेक जुक्ति पु¥याएर नेपालबाटै सो परीक्षा दिने परिपाटी मिलाई दिए ।

Read more: सरदार रूद्रराज पाण्डे

नामी तर दु:खी-शान्ति मास्के

नरेन्द्रराज प्रसाई
बाँचुन्जेल शान्ति मास्केका मनमा सधैं आँधिहुरीले मात्रै डेरा जमाएको थियो । उनको जीवनमा खुसीको दिन पनि बिरलै भेटिन्थ्यो । उनी अरूका अघि हाँसीहाँसी दिन फ्याक्ने गर्थिन् । उनी भन्थिन्, ‘म एक्लै जन्मेँ; तर बाँचुन्जेल म एक्लै रहेँ । मेरा लागि जोजो नजिक आए तापनि त्यो सबै नाटक थियो ।’ वास्तवमा नाटकबाट नै जनस्तरमा प्रस्तुत भएकी शान्ति नाटकमा नै निदाइन् । अनि २०६७ साल माघ ४ गते उनले चिम्लेका आँखा कहिले उघ्रेनन् ।

Read more: नामी तर दु:खी-शान्ति मास्के

२००७ को जनसरकारका रक्षामन्त्री कुलचन्द्र कोइराला

--नरेन्द्रराज प्रसा

कुलचन्द्र कोइरालालाई कसैले राजनीतिज्ञ भनेर चिने, कोहीले प्रशासक भनेर माने र कसैले साहित्यकारका रूपमा वर्णगरे । तर उनी नेपाली परिवेशमा बहुआयामिक व्यक्तित्वका धनी थिए । उनको योगदानले समाजका विविध पक्ष रङ्गाएको थियो । अनि उनको व्यक्तित्वलाई सङ्क्षिप्त रूपमा भन्नुपर्दा उनी एउटा राष्ट्रभक्त, नैतिक र इमान्दार नागरिक थिए । वासुदेव त्रिपाठीका शब्दमा भन्दा "कोइराला नेपाली महान् प्रतिभा र साधकमध्येका एक विशिष्ट प्रतिभा र साधक थिए ।" ती सबैभन्दा ठुलो कुरा उनी सकरात्मक चेतका धनी थिए ।

Read more: २००७ को जनसरकारका रक्षामन्त्री कुलचन्द्र कोइराला

गोर्खापत्रका जन्मदाता -नरदेव पाण्डे

- नरेन्द्रराज प्रसाई
नेपाल राष्ट्रको पहिलो समचारपत्रको नाउँ गोर्खापत्र हो । यस पत्रिकाको निर्माणको पाश्र्व भूमिका मोतीराम भट्टको थियो । तर यसको जन्मदाता र पहिलो प्रकाशक भने नरदेव पाण्डे हुन् । १९५८ साल वैशाख २४ गते सोमबारदेखि प्रकाशन हुन थालेको गोर्खापत्र सुरुमा पाशुपत छापाखानामा छापियो । अनि वर्ष १ सङ्ख्या १ देखि वर्ष २ सङ्ख्या ११ सम्म यो पत्रिका त्यही छापानाखानामै छापियो । तर त्यसको सम्पूर्ण खर्च प्रति महिना चार हजार पाँच सय चौरासी रुपियाँ सरकारबाटै बेहोरिन्थ्यो । त्यतिबेला त्यस रकमले महिनाको चार हप्ता एकएक हजार पत्रिका छाप्नु पथ्र्यो र त्यस कार्यका लागि सत्र जना कर्मचारी भर्ना गरिएका थिए ।

Read more: गोर्खापत्रका जन्मदाता -नरदेव पाण्डे

'उदय'का सम्पादक तथा प्रकाशक - काशीबहादुर श्रेष्ठ

-नरेन्द्रराज प्रसाई
गणेशबहादुर श्रेष्ठ तथा विष्णुमाया श्रेष्ठका माइला छोरा काशीबहादुर श्रेष्ठको जन्म १९६८ साल असोज १ गते भएको थियो । भक्तपुरका रैथाने गणेशबहादुर राम्रो व्यवसाय खोज्दै भारतको काशी पुगेका थिए । काशीमा नै काशीबहादुर जन्मेका हुँदा उनको नाउँ काशी राखिएको थियो । तर उनको चिन्हाको नाउँचाहिं कन्हैयालाल थियो।

Read more: 'उदय'का सम्पादक तथा प्रकाशक - काशीबहादुर श्रेष्ठ

नेपाल स्काउटका जरा त्रैलोक्यनाथ उप्रेती

-नरेन्द्रराज प्रसाई
डा.त्रैलोक्यनाथ उप्रेती नरमका नमूना थिए । उनी भद्र पनि त्यस्तै थिए । उनको सरल गुण पनि अनुकरणीय थियो । उनी मान्छेसँग बोल्दा सानो ठूलो भनेर भेद गर्दैन थिए । समयलाई पालन गर्ने उनको सबैभन्दा ठूलो खुबी थियो । उनी वचनका पनि त्यस्तै पक्का थिए । अनि योभन्दा ठूलो गुण उनी इमान्दार थिए । त्यसैबाट उनले आफ्नो व्यक्तित्वको चमक बढाएका थिए ।उप्रेतीको पुख्र्यौली घर डडेल्धुरा थियो । तर उनी काठमाडौंमा जन्मे । उनी १९८० साल असार ११ गते जन्मे । उनका बुबाआमाको नाउँ नन्दराम उप्रेती र हरिप्रिया उप्रेती थियो ।

Read more: नेपाल स्काउटका जरा त्रैलोक्यनाथ उप्रेती

केदारमान व्यथित: राजाको गद्दीमा बस्ने पहिलो नेपाली

- नरेन्द्रराज प्रसा

नेपाली भाषासाहित्यको सङ्गठन र सृजनामा समर्पित थिए- केदारमान व्यथित । उनी सङ्गठनका महारथी र सृजनाका सम्राट् थिए । उनी त्यत्तिकै न्यायिक पनि थिए । राणाकालीन युगमा देशको चौतर्फी विकास र जनताको सुक्खसमृद्धिको माग राख्ता उनी पक्राउ परे । तर त्यस बेला जेलभित्रै सिद्धिचरण श्रेष्ठले उनलाई राम्रो कवि बनाउन मलजल गरेका थिए ।

Read more: केदारमान व्यथित: राजाको गद्दीमा बस्ने पहिलो नेपाली

मेरी आमा भागीरथा प्रसाई

- नरेन्द्रराज प्रसाई
१९७५ सालको कुरा हो, ताप्लेजुङको हाङपाङका नरध्वज प्रसाई र तेह«थुम ईवाका पे्रमलाल उप्रेतीको तारिक खेप्ने सिलसिलामा धनकुटाको अमिनीमा परिचय भयो । एउटै प्रकृतिको काम भएकाले उनीहरुवीच घनिष्ठता पनि बढ्दै गयो । उनीहरुले एकअर्काको परिवारको चासो राख्दा दुबैका पत्नीहरु गर्भिणी भएको बेहोरा पनि चाल पाए । त्यसैबेला उनीहरुले आआफ्ना सन्तानहरु छोरा र छोरी जन्मे भने एकअर्कामा कुटुम्बेली सम्बन्ध गाँस्ने निधो गरे । यथासमय उप्रेतीका घरमा छोरी र प्रसाईका घरमा छोरा जन्मे । मेरी आमा भागीरथाको जन्म १९७६ साल जेठ ८ गते आठराई ईवामा भएको थियो । पूर्ववचन पालना गर्दै सात वर्षका जयप्रसाद प्रसाईसँग भागीरथा उप्रेतीको लगनगाँठो कसियो ।

Read more: मेरी आमा भागीरथा प्रसाई

मारवाडी समुदायका पौरखी पुरुषपं.मेघराज शर्मा

--नरेन्द्रराज प्रसा

१९७४ सालको कुरा हो; भारतको दार्जीलिङ सहरमा ठूलो आगोलागी भयो । त्यस अग्निकाण्डमा पं. राजाराम शर्माको कपडाको पसल पनि डढेर सखाप भयो । त्यस घटनापछि पं.शर्मा टाट पल्टे । अनि उनी टेक्ने न समाउनेका भए । दिनचर्याका लागि उनी जागीर खान वाध्य भए । तर उनले पाएको जागीरले उनका स्वास्नी, छोराछोरी पाल्ने अवस्था न्यून भयो ।

Read more: मारवाडी समुदायका पौरखी पुरुषपं.मेघराज शर्मा

सगरमाथाभन्दा पाँच फुटमाथि-पासाङल्हामू शेर्पा

नरेन्द्रराज प्रसाई
नेपाली समाजमा पासाङल्हामू शेर्पाले अन्तिम पटक सार्वजनिक भाषण गरेकी थिइन्, ‘मैले तीन पल्ट सगरमाथाको चुचुरोमा पुग्ने दृढ अठोट गरेँ, तर सफल हुन सकिन । यस पल्ट फेरि अन्तिम अठोटका साथ असफलतालाई सफलताको चुनौती ठान्दै दृढ सङ्कल्प लिएकी छु ।‘ अनि त्यसपछि उनी सरासर सगरमाथा चढ्न हिँडिन् । उनले सगरमाथा पनि चढिन् । इतिहासमा त्यो दिन अर्थात् २०५० साल वैशाख १० गते उनले सगरमाथाको टुप्पोमा नेपालको राष्ट्रिय झण्डा फहराइन् । त्यसको पन्ध्र मिनेटपछि उनको भौतिक चोला पनि सगरमाथामा नै विलय भयो । उनको देह आधामिटर हिउँले छोपेको अवस्थामा १९ दिनपछि फेला पर्यो ।

Read more: सगरमाथाभन्दा पाँच फुटमाथि-पासाङल्हामू शेर्पा

नेपाली साहित्यमा शारदा युगका निर्माता ऋद्धिबहादुर मल्ल

नेपाली साहित्यमा शारदा युगका निर्माता  ऋद्धिबहादुर मल्ल-- नरेन्द्रराज प्रसा
नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि शारदा पत्रिकाले अत्यन्तै ठूलो लगानी गरेको छ । नेपाली साहित्यका महारथीहरुको आविष्कार गराउने गुरुत्तर भूमिका पनि यही पत्रिकाले खेलेको थियो । अनि त्यसका निर्माताको नाउँ हो
- ऋद्धिबहादुर मल्ल ।

Read more: नेपाली साहित्यमा शारदा युगका निर्माता ऋद्धिबहादुर मल्ल

अग्लो कदको नरम मान्छे एसएल शर्मा

नरेन्द्रराज प्रसाई
 एसएल शर्मा बोलिका नरम, विचारका स्वच्छ अनि सिद्धान्तका लखपति थिए । उनको सिद्धान्त राष्ट्रवादमा आबद्ध थियो तर उनी वसुधैव कुटुम्बकमका हिमायती थिए । इमानजवान उनको जीवनको मुख्य विशेषता थियो । तर उनी कसैसँग झुक्तैन थिए र अरुलाई आपूmसँग पनि झुकाउने इच्छा राख्तैन थिए ।

Read more: अग्लो कदको नरम मान्छे एसएल शर्मा

पारिजातको जीवनकथा

-- नरेन्द्रराज प्रसा
पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा
सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन् ।

Read more: पारिजातको जीवनकथा

गोर्खे खबर कागजका सम्पादक पादरी गङ्गाप्रसाद प्रधान

नरेन्द्रराज प्रसाई
कमल दीक्षितले लेखेका थिए— ‘पादरी गङ्गाप्रसाद प्रधान खि«स्तान धर्मका एक निष्ट भक्त हुन्;, त्यसभन्दा रत्तिभर कम नभएको एक कट्टर भाषाभक्त पनि हुन् । यो कुरा बिर्सिए हामीलाई पाप लाग्छ ।’ हो सत्य हो; उनी नेपाली भाषा भनेपछि प्राणको पनि बाजी मार्थे । नेपाली बोलीमा उनको मोह जोडिएको थियो ।

Read more: गोर्खे खबर कागजका सम्पादक पादरी गङ्गाप्रसाद प्रधान

कथा परम्परामा दिग्विजय गर्ने गुरुप्रसाद मैनाली

-- नरेन्द्रराज प्रसाई
गुरुप्रसाद मैनाली नेपाली आधुनिक कथाका प्रणेताको नाउँ हो । उनले
'नासो' लेखेपछि नेपाली साहित्यमा कथाको मोडले नयाँ क्षीतिज उघारेको छ । थोरै लेखेर पनि धेरै नाउँ कमाउने स्रष्टामा उनको नाउँ स्थापित भयो । किनभने उनका कथाले नेपाली डाँडाकाँडा ढाके अनि यहाँबाट मेचीपारी भारतका विभिन्न नेपाली बस्तीहरूमा पुगे र त्यसपछि त्यहाँबाट पनि भूगोलको सेरोफेरोमा जहाँजहाँ नेपाली पुगेका छन् त्यहाँत्यहाँ उनको ११ कथाको विटो 'नासो' पुग्यो । त्यसैले ईश्वर बरालले लेखे "सामाजिक जीवनसँग सम्बन्धित कथा परिवर्तन गर्नेमध्ये मैनाली प्रथम भए र उनकै परम्पराले दिग्विजय गर्‍यो ।"

Read more: कथा परम्परामा दिग्विजय गर्ने गुरुप्रसाद मैनाली

ज्ञानविज्ञानका अध्येता वृगेडियर जनरल: यज्ञविक्रम राणा

नरेन्द्रराज प्रसाई
सूर्यविक्रम ज्ञवालीले भनेका थिए, "यज्ञविक्रम राणाको नेपाली भाषासाहित्यको प्रचार र प्रसार गर्ने उदाहरणअनुसार काम गर्न हामी अघि सर्नुपर्छ ।" वास्तवमा राणा त्यस्तै उदाहरणीय थिए । उनको सबैभन्दा ठूलो खुवी के थियो भने उनले बोलेपछि त्यो कुरा ढुङ्गाको अक्षर हुन्थ्यो । किनभने उनी नपुग्ने कुरा नै बोल्दैन थिए । उनी थोरै बोल्थे र धेरै गर्थे । उनी स्पष्ट बोल्थे तर नरम बोल्थे । उनी कडाकडा काम गर्थे तर सरल थिए । उनी ठूलाठूला कुरा आँक्थे तर सोझो थिए । सहृदयताले नै एउटा भद्र पुरुषका रुपमा उनले नेपाली समाजमा आफ्नो सरल नाउँ लेखाएका थिए । त्यसैले उनीसँग एकपटक बोलेको मान्छे उनको पछि लाग्थे ।

Read more: ज्ञानविज्ञानका अध्येता वृगेडियर जनरल: यज्ञविक्रम राणा

जुधारु र जागरुक जनसेवी भक्तकुमारी घले

२००७ सालका कुरा हो, केही समाजविरोधी तत्त्वले भक्तकुमारी घलेलाई समाते । त्यस बेला तिनीहरुले यिनलाई छुरा लगाएर चारपाटा मुडे । त्यसपछि यिनलाई यिनका शत्रुहरुले हरियो बाँसमा बाँधे । तर यी त्यहाँबाट उम्किन् । हरियो बाँसको भाटा लिएर यिनले आफ्ना सबै शत्रु खेदाइन् र छिन्नभिन्न पनि पारिन् ।

Read more: जुधारु र जागरुक जनसेवी भक्तकुमारी घले

नेपालका चाणक्य बालचन्द्र शर्मा

नरेन्द्रराज प्रसाई

गोपालचन्द्र ढुङ्गाना र रामेश्वरीदेवीका सुपुत्र बालचन्द्र शर्माको जन्म १९७६ सालमा भारतको इलाहावादमा भएको थियो । रणोद्दीपको हत्यापछि यिनका बुवा पद्मजङ्ग राणाको पछि लागेर प्रयाग जाँदा उनी त्यतै जन्मेका थिए । त्यहीं नै बालचन्द्रको स्कुले शिक्षाको पनि आरम्भ भएको थियो ।
स्कुल पढ्दापढ्दै शर्माका बुबाआमा दिवङ्गत भए । अनि सोह्र वर्षो उमेरमा नै उनी आर्थिक रनाहामा परे । त्यस बेला यी कहिले भोकै सुते र कहिले त्यस्तै लाएर पनि हिंडे । त्यसपछिका दिनमा यी कामको खोजीमा लागे । अनि उनले टयुसन पढ्ने विद्यार्थी भेटे । त्यसपछि महिनाको चार रुपियाँमा टयुसन पढाएर उनले आफुलाई पाल्न थाले ।

 

Read more: नेपालका चाणक्य बालचन्द्र शर्मा

डायमनशमशेरले काङ्ग्रेसलाई सरापिरहे

 

डा. तारानाथ शर्मासँग अहिले मेरो त्यति सारो हिमचिम छैन । पञ्चायती व्यवस्थामा चाहीं हामीले यदाकदा एउटै किलोमा दाइँ पनि गरेथ्र्यौं । तर खास गरेर २०४६ सालपछि हामी क्रमशःक्रमशः भएर एउटा नदीका दुई किनारा भइसकेका छौँ । यति हुँदाहुँदै पनि मैले भन्नै पर्छ तारानाथ दाइबाट मैले धेरै कुरा सिकेँ ।

Read more: डायमनशमशेरले काङ्ग्रेसलाई सरापिरहे

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।