alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

Design

चित्रकला प्रदर्शनी

User Rating:  / 0
PoorBest 

धनकुटा ५ असोज / कलाप्रतिको रुची जगाउने उदेश्यले पल्लब रञ्जनद्धारा बनाईएको नेपालकै सवैभन्दा ठुलो चित्रकला प्रदर्शनी आज धनकुटामा सम्पन्न भएको छ । धनकुटा कला दोभानको स्थानिय संयोजन र राष्ट्रव्यापी एकल कला प्रर्दशनी, स्पाइनी ब्यावलर र मुञ्चा डटकमकोे आयोजनामा गत आइतबारदेखि ५ दिनसम्म धनकुटाको सामुदायिक भवनमा चित्रकला प्रदर्शनी गरिएको थियो ।

  चित्रकला प्रर्दशनीमा क्यानभासमा निर्माण गरिएको ५८ फिट लामो र ८ फिट चौडाई भएको ई अपच्र्युनिटी नामक चित्रको प्रर्दशनी गरिएको थियो । अहिलेको आधुनिक युगमा भईरहेको ईन्टरनेटको विकास र त्यसको महत्व झल्किने किसिमले चित्रको निर्माण गरिएको चित्रकार रञ्जनले वताउँनुभयो ।

    रञ्जनद्धारा निर्मित चित्रकला हालसम्म नेपालमा निर्माण गरिएका चित्रहरु मध्येकै सबैभन्दा ठुलो रहेको आयोजकले जनाएको छ । प्रर्दशनीमा धनकुटाका ख्याति प्राप्त स्थानिय चित्रकारहरु श्रीकृष्ण जोशी, रक्भाकला आर्टका मुकुन्द प्रयास, शुसिल श्रेष्ठ, धिरेन्द्रलाल श्रेष्ठ लगायतले बनाएका चित्रहरु समेत प्रदर्शनीमा समावेश गरिएको थियो । प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठले उद्धघाटन गरेकोे चित्रकला प्रर्दशनीमा ३ हजार दर्शकले अवलोकन गरेको आयोजक सस्थाले जनाएको छ ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।