alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

फागुनमा तेश्रो मिस पूर्वाञ्चल प्रतियोगिता हुने

देबेन्द्र कार्की
धरान, ८ पुस
युवतीहरुको सौन्दृय कला प्रस्फुटन गराउने उद्देश्यले पूर्वाञ्चलका युवतीहरुलाई प्रशिक्षण गराई आयोजना गरिने सौन्दर्य प्रतियोगिता ‘मिस पूर्वाञ्चल २०१२’ आगामी फागुन २० गते धरानमा ककहुने भएको छ । पूर्वाञ्चलभरीका विभिन्न जिल्लाहरु लगायत पूर्वाञ्चलको प्रतिनिधित्व गर्ने नेपाली युवतीहरुले भाग लिन पाउने यस प्रतियोगिताको अडिसन आगामी माघ २२ देखि २५ गतेसम्ममा इटहरी, विराटनगर, बिर्तामोड र धरानमा आयोजना गरिने प्रतियोगिताका संयोजक शौरव श्रेष्ठले जानकारी दिए । सो प्रतियोगिताको आयोजना बुढासुब्बा ट्रेनिङ सेन्टरले गर्ने भएको छ ।

Read more: फागुनमा तेश्रो मिस पूर्वाञ्चल प्रतियोगिता हुने

राजेशपायलको स्वरले गुञ्जियो चौदण्डी महोत्सव

चर्चित गायक राजे शपायल राईको सुमधुर स्वरले उदयपुरको चौदण्डी गाविसमा आयोजीत चौदण्डी महोत्सव गुञ्जयमान भएको छ । कार्यक्रममा आयोजकले एक दर्जन कलाकारलाई निमन्त्रण गरेको भएपनि कार्यक्रको आर्कषक ब्यक्तित्व राजेशपायल को स्वर सुन्न पुर्वी नेपालका खोटाङ, भोजपुर, उदयपुर, सुनसरी , सप्तरी, सिराहा, मोरङ लगायतका स्थानवाट दर्शकहरुको घुइचो लागेको थियो ।

Read more: राजेशपायलको स्वरले गुञ्जियो चौदण्डी महोत्सव

राजेशपायलले अमेरिकी भिषा पाएनन्

गायक राजेशपायल राईले सांगीतिक वल्र्ड टुरका क्रममा अमेरिका जान नपाउने भएका छन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासले गायक राइलाई भिसा दिन अस्वीकार गरेकाले उनको अमेरिकि टुर हाललाई स्थगित भएको छ । 'हामी उहाँलाइ भिसा दिन असमर्थ छौं' दुतावास कर्मचारीको भनाइलाई उदृत गर्दै विश्वस्त सुत्रले भन्यो-'नेपाली गायकहरूप्रति विश्वास नभएकाले त्यसको असर गायक राइमा पनि परेका हो ।'राजेशपायल राइलाई दूतावासले यसअघि पनि निराश पारिसकेको थियो ।

Read more: राजेशपायलले अमेरिकी भिषा पाएनन्

डेनिस ब्यान्ड नेपालमा

काठमाण्डौ /  ‘हामी एकदमै एक्साइटेड भएका छौ’, त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलमा ओर्लिसकेपछि माइकल लन्र्स टु रक (एमएलटीआर) ब्यान्डका तीनै जना हस्तीहरुले एकसाथ सञ्चारकर्मीको जिज्ञासा मेटाए। बुधवार साढे तीन वजे नेपाल आइपुगेका डेनिस ब्यान्ड एमएलटीआरका सदस्यहरु एकदमै उत्साहित देखिन्थे। ब्यान्डका सदस्य तथा गायक ज्यासा रिचर, लिड गिटारिष्ट मिकेले लेन्च, ड्रमर कर वेन्चर लगायत १३ जनाको टोली आएका हुन। गायक ज्यासाले भने, ‘नेपाल आउन पाउदाको क्षणको म वर्णनै गर्न सक्दिन।’ एशियाका विभिन्न देशमा धेरै पटक आएपनि नेपालमा भर्खर आउन पाउदा धेरै खुसी लागेको उनीहरुले प्रतिक्रिया दिए। त्यसैगरि नेपाल भ्रमण बर्षको वारेमा पनि उनीहरुले आफ्नो केहि भनाईहरु राखेका थिए। नेपाल भ्रमण वर्षको सफलताको शुभकामना समेत उनीहरुले दिए।
     विमानस्थलमा उनीहरुलाई सयपत्री फुलको माला र खादा ओडाएर स्वागत गरिएको थियो। त्यसपछि नेपालमै बनेको मुस्ताङ गाडीमा ब्यान्डका मुख्य तीन जना र वाकीलाई माइक्रोवाट सिधै लाजिम्पाटस्थित ¥याडिसन होटलमा लगिएको थियो। उनीहरु अवको पाँच दिन नेपालमा रहनेछन्।
     आउदो शनिवार राजधानीको टुँडिखेलमा हुन लागेको कन्सर्टमा मुख्य आकर्षण वनेर आएका डेनिस ब्यान्डले नेपाल आगमनले उनका श्रोताहरु निक्कै उत्साहित छन्। एमएलटीआर ब्यान्ड नेपाल आउने भनेर फेसबुकमा गरिएको प्रचारमा ३५ हजारवढिले लाइक गरिसकेका छन्। यसबाट पनि प्रष्ट हुन्छ उनका फ्यानहरु कति रहेछन् नेपालमा भनेर। क्यानेडियन गायक ब्रायन एडम्सलाई विर्साउनेगरि आएका डेनिस ब्याण्डको प्रस्तुतीको प्रतिक्षा अव धेरै गर्नुपर्ने छैन। ‘नेपाल रक्स फेस्टिवल’ नाम दिइएको यस कन्सर्टलाई ब्यवस्थित पार्न आयोजक युद्धस्तरमा लागिपरेका छन्।
नेपाली न्युजले जनाए अनुसार पाँच दिनको  बसाईमा डेनिस ब्यान्ड पत्रकार सम्मेलन, ¥याडिसन होडेलमा हुने ककटेल डिनरमा सहभागी हुने, साइटसिनको लागि राजधानीको स्यम्भू, पशुपति लगायत मौषमले साथ दिएमा लुम्विनी घुमाउने कार्यक्रम तय गरिएको छ। कार्यक्रमको अघिल्लो साँझ टुँडिखेलमा साउन्ड, लाईटको परिक्षण गरिनेछ।
अन्तिम दिन अर्थात कन्सर्टको दिन दिउसो १२ वजेदेखि ढोकाहरु खुल्लागरि तीन वजेदेखि नेपाली कलाकारको प्रस्तुती रहनेछ भने त्यसको दुई तीन घन्टापछि एमएलटीआर व्यान्डको निरन्तर दुई अढाई घन्टाको प्रस्तुती रहनेछ। ब्याण्डका चर्चित गीतहरुमा टेकमी टु योर हार्ट, स्लिपिङ चाइल्ड, पेन्ट माइ लभ, सम डे लगायतका रहेका छन्।      कन्सर्ट हुनुपूर्वदेखि नै सविन राई र माउन्ट ८८४८ ब्यान्डले राजधानीको सिमोन, मुड्स, लाखे, वरवनरुम, ब्लुनोटमा एमएलटीआरका गीतहरु गाइसकेका छन्। दुवैले शनिवार हुने कन्सर्टमा पनि गीत गाउनेछन्। आयोजक ओडीसि नेटवर्कका प्रवन्ध निर्देशक सिमान्त गुरुङका अनुसार शुक्रवारसम्म टुँडिखेलमा स्टल, शौचालय लगायतको संरचना निर्माण कार्य सकिनेछ। ब्रायन एडम्सको कन्सर्टमा देखिएको समस्या दोहोरिन नदिनलाई गोल्ड, प्लाटियम र सिल्भर टिकेटमा छुट्टाछुट्टै शौचालय, खाने कुराको स्टल, सुरक्षा गार्डको ब्यवस्था तथा प्रवेसद्धार र वाहिरी कक्षको ब्यवस्था गरिएकोछ। यस्ता कार्यक्रमले पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने आयोजक संस्थाका प्रवन्ध निर्देशक सिमान्त गुरुङले भने, ‘अवको बर्षदेखि यस्ता कार्यक्रमलाई ब्रान्ड वनाएर कम्तीमा एउटा कार्यक्रम गरिनेछ।’ श्रोता र दर्शकको साथ पाए विश्वको कुनै पनि कलाकारलाई ल्याएर नेपालको पर्यटन प्रवर्धन गर्न सकिने दावी गुरुङको छ।

कलाकारहरुलाई धरान हङकङ मञ्चको सम्मान

धरान हङकङ मञ्चले मे २१ तारिखका शनिवार साँझ एक विशेष कार्यक्रमको आयोजना गरी धरानबाट कलाकारिता क्षेत्रममा प्रवेश गरी सफल्ता प्राप्त गर्ने कलकारहरुलाई भेटघाट एवं सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

Read more: कलाकारहरुलाई धरान हङकङ मञ्चको सम्मान

धरानमा अनामको दशैं

धरान / विजया दशमी २०६८ को अवसरमा धरानका पुराना कलाकारहरुको भेटघाट तथा टीका कार्यक्रम आयोजना गरिएको छ । अनामका अध्यक्ष रंगकर्मी राजेन्द्र रिमाल तथा रंगकर्मी अल्पना कर्माचार्यले आयोजना गरेको कार्यक्रममा पुराना रंगकर्मीहरु प्रेम सुब्बा तथा शारदा शाक्यले कलाकारहरुलाई टीका लगाई दिएका थिए ।

Read more: धरानमा अनामको दशैं

मिस पूर्वाञ्चलको क्रियेटिभ डाईरेक्टर राजेन्द्र रिमाल

धरान / पूर्वाञ्चलको सर्वाधिक चर्चित सौन्दर्य प्रतियोगिताको रुपमा स्थापित ‘मिस पूर्वाञ्चल’ को क्रियेटिभ डाईरेक्टरमा राजेन्द्र रिमाललाई चयन गरिएको छ । आगामी असार महिनामा गरिन लागेको सो प्रतियोगिताको गत वर्षको संस्करणमा पनि क्रियेटिभ डाईरेक्टरको जिम्मेवारी रिमाललाई नै दिईएको थियो । बुढासुब्बा ट्रेनिङ सेन्टरका अध्यक्ष् वीरेन्द्र लिम्बूका अनुसार प्रतियोगिताको प्रस्तुतिकरणको सम्पूर्ण जिम्मेवारी अब रिमालले सम्हाल्ने छन् ।

रिमाल मुलतः रंगकर्मी हुन् । चर्चित नाट्य संस्था अनामका अध्यक्ष पनि रहेका रिमालले रंगमञ्चमा नाटक, नृत्य, संगीत, फेशन शो, आदिका पचासौं कार्यक्रमहरुको सफल निर्देशन गरिसकेका छन् । पूर्वाञ्चलका सर्वाधिक सफल रिमालले यसअघि धरान महोत्सव २०५५ को परिकल्पनाकार तथा निर्देशकको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

राष्ट्रिय एवं अन्तराष्ट्रिय चर्चा तथा पुरस्कार पाउन सफल चलचित्र ‘नुमाफुङ’, ‘खाङरी’, ‘तरेबा’ आदिका मुख्य सहायक निर्देशकको रुपमा काम गरेका रिमालले विभिन्न चलचित्र, टेलिश्रृंखला आदिमा काम गर्नुका साथै बृत्तचित्रहरु पनि बनाएका छन् ।

देश भित्रका विभिन्न रंगमञ्चहरुका साथै हङकङका विभिन्न रंगमञ्चहरुमा प्रस्तुत कार्यक्रमहरुको निर्देशन गर्ने मोफसलका एकमात्र रंगकर्मी हुन् । हङकङका विभिन्न रंगमञ्चहरुमा धेरै पटक सफलतम कार्यक्रम निर्देशन गरिसकेका रिमालले चीनको बेईजिङ तथा अन्य शहरहरु लगायत कोरियामा समेत कार्यक्रम गरेको अनुभव संगालिसकेका छन् । अत्याधिक धेरै कार्यक्रमहरु भईरहने हङकङमा रिमालले निर्देशन गरेका कार्यक्रमहरु त्यहाँका राम्रा र सफल कार्यक्रमको रुपमा परिचित छ ।

यसपटक मिस पूर्वाञ्चललाई अझ भव्य र व्यवस्थित बनाउन रिमाललाई क्रियेटिभ डाईरेक्टरको रुपमा चयन गरिएको अध्यक्ष वीरेन्द्र लिम्बूले बताए । अब कार्यक्रमको परिकल्पना, डिजाईन, निर्देशन लगायत महत्वपूर्ण जिम्मेवारी रिमालले निर्वाह गर्नेछन् । कार्यक्रमको संयोजन तथा मार्केटिङको जिम्मेवारी सौरभ श्रेष्ठले निर्वाह गर्नेछन् भने लेखा तथा सेल्स सम्बन्धि कार्य अध्यक्ष लिम्बूले हेर्ने जानकारी गराईएको छ ।
कार्यक्रम संयोजक सौरभ श्रेष्ठका अनुसार यो पटक पूर्वाञ्चलका १६ जिल्लाका संसारभरि जहा“सुकै रहेका युवतीहरुले प्रतियोगितामा भाग लिन सक्नेछन् । त्यसका लागि आगामी हप्ता फारम खुल्ला गरिने छ ।

 

मिस नेपाल बन्ने सपना

आगामी भदौ १३ गते मिस नेपाल सदीक्षा श्रेष्ठले यस वर्षकी मिस नेपाललाई क्राउन लगाइदिनेछिन् र विधिवत्रुपमा ुमिस नेपाल २०११ु को घोषणा हुनेछ ।
मिस नेपाल सदीक्षा श्रेष्ठको हातबाट मिस नेपालको क्राउन लगाउने सपनालाई विपना बनाउन यस वर्षकी मिस पूर्वााचल प्रतिभा श्रेष्ठ आपुूलाई भित्रैदेखि तयार गरिरहेकी छन् । धरान-११ की स्थायी बासिन्दा प्रतिभा समग्र पूर्वााचलको प्रतिनिधित्व गर्दै मिस पूर्वााचलबाट मिस नेपाल हुने दृढ आकांक्षा राख्छिन् । भन्छिन् ुम ओभर कन्फिडेन्ट त छैन तर पनि मेरो आत्मविश्वास योग्यता परिश्रम र दृढ आकांक्षा नै मिस नेपालको लागि आपुू पर्पेुक्ट छु भन्ने आधारहरु हुन् ।ु गृहिणी आमा सुमित्रा श्रेष्ठ र बि्रटिश गोरखा धरानका जागिरे बाबुकी एक मात्र छोरी र दुई दाजुकी कान्छी बहिनी प्रतिभा बीबीए पढ्दैछिन् । पढाइलाई निक्कै महत्वपूर्ण ठान्ने प्रतिभा भविष्यमा बिजनेश अधिकृत बन्ने चाहना राख्छिन् । साथै फेसन तथा मोडलिङप्रति पनि उत्ति नै आकर्षित छिन् । यही आकर्षणले नै उनी मिस पूर्वााचलमा भाग लिन पुगिन् र जितिन् पनि ।
परिवारको सद्भाव र सहयोग पनि आपुनो सफलताको अर्काे मुख्य सूत्र रहेको बताउने प्रतिभा राजनीतिक खिचातानीमा पनि उत्तिकै चाख राख्छिन् । दैनिकजसो पत्रपत्रिका पढ्ने उनी राजनीतिक अन्तस्रंघर्ष तुरुन्त बन्द भएर छिट्टै नयाँ संविधान बनेर शान्ति छाओस् भन्ने कामना गर्छिन् । जीवनलाई एक सुन्दर सपना मान्ने प्रतिभा जिन्दगीका उतारचढावमा आपुनो भूमिकालाई सधैँ मेन्टेन गर्नसक्ने क्षमता राख्नुपर्ने बताउँछिन् ।
सौन्दर्य प्रतियोगिताले नारीहरुको चीरहरण गर्ने नभई उनीहरुलाई आत्मविश्वासी र स्वाबलम्बी बनाउने भर् याङको काम गर्ने उनको ठम्याइ छ । मिस पूर्वााचलमा सहभागी भएर आपुनो व्यक्तित्व र आत्मविश्वासमा निखार आएको र आपुूमा थुप्रै सकारात्मक परिवर्तन आएको भन्न उनी छुटाउँदिनन् ।
भर्खरै १९ वर्ष लागेकी ५ फिट ५ इाच अग्ली प्रतिभा आइतबार नै मिस नेपालको तयारीका लागि काठमाडौं जाँदैछिन् । मिस पूर्वााचलको क्राउन थापेकी प्रतिभा अडिसनविना सिधै मिस नेपालको फाइनलमा भाग लिँदैछिन् ।
अहिले भने उनी मिस नेपालको लागि गर्नुपर्ने अन्य तयारीका लागि पत्रपत्रिका किताबहरुको अध्ययन तथा विज्ञहरुसँग भलाकुसारीमा व्यस्त छिन् । साउन २० गते सुरु हुने मिस नेपालको ुक्लोज क्याम्पु हुँदै भदौ १३ गते हुने फाइनल प्रतियोगिताबाट मिस नेपालको रुपमा पूर्वकी सुन्दरी प्रतिभा छानियून् भन्ने हाम्रो पनि कामना छ । मिस नेपालमा हालसम्म पूर्वको धरानबाट समर ९७ की विजेता योगिता प्रधान मिस कोशीकी विजेता कृति श्रेष्ठ र मिस पूर्वााचल २०१० की फस्र्ट रनर अप पि्रयारानी लामा र सलकपुरबाट मिस कोशीकी सेकेण्ड रनर अप रेखा थापाले भाग लिइसकेका छन् । यीमध्ये योगिताले मिस क्याट वाक र पि्रयारानीले वियुटि पुल कम्प्लेक्समेन्टको एवार्ड हात पारे भने कृति टप फाइभसम्म पुग्न सफल भइन् ।
-सौरभ

हरि रेखा र रंगहरुसंगै खेल्दैछन्

जीवन र प्रकृतिबाट पाएका अनुभूतिहरुलाई रंग र ब्रसको माध्यमद्वारा क्यानभासमा आफ्ना भावनाहरुलाई संग्रह गरी रहेका हङकङेली नेपाली कलाकार हरि गुरुङ हाल पेन्टिङ कलालाई गहिरिएर बुझ्ने प्रयास गरिरहेका छन् । उमेरले ३८ वर्ष पुगेका उनी रेखा र रंगसंगै खेली रहेकाछन् ।

Read more: हरि रेखा र रंगहरुसंगै खेल्दैछन्

'आठौं पोखरेली झ्याल २०११' युकेमा आयोजना गरिने + Video

हङकङ । मितेरी समाज सेवा सभिति पोखरा हङकङले, हङकङेली नेपाली आईडल विजेता गायक कलाकारहरु र युकेमा रहेका बेलायती नेपालीहरुलाई समेटेर पोखरेली झ्याल २०११ कार्यक्रम युकेमा आयोजना गर्ने भएको छ ।

Read more: 'आठौं पोखरेली झ्याल २०११' युकेमा आयोजना गरिने + Video

भयवादी दर्शनका प्रवर्तक-देश सुब्बा

हङकङमा नेपाली भाषा साहित्यमा कलम चलाउनेहरु मध्येमा सबैभन्दा अगाडि रहनु हुने । भयवाद् दर्शनका प्रवर्तक वा भयवादी चिन्तनलाई नेपाली भाषा साहित्यमा स्थापितिकालागि मरिहत्ते गर्नु हुने साहित्यकार देश सुब्बा हङकङमा मात्र होइन विश्वका अधिकाँश ठाउँहरुमा अनि हाम्रो मूल देश नेपालमा समेत चर्चामा हुनुहुन्छ । पछिल्लो समयमा धेरै विधार्थीहरुले उहाँको विषयमा समेत सोधकार्य गर्दै हुनुहुन्छ । यसै बीचमा उहाँसँग हामीले पनि हङकङ नेपाल कनेक्शन रेडियो कार्यक्रमकालागि पनि अन्तरवार्ता गरेका थियौं ।

Read more: भयवादी दर्शनका प्रवर्तक-देश सुब्बा

टिस्टुङ्गबासीलाई धिरजले नचाए

“वि वान्ट धिरज राई”– कार्यक्रमको शुरुवात देखि नै टिस्टुङ्गवासीहरुले हुटिङ्ग गर्न थालिसकेका थिए । धिरज राई आउने खबरले टाढा–टाढाबाट उनका गीतहरु सुन्न दर्शकहरु आएका थिए ।  उद्घोषक जि.पि. तिमिल्सीनाले दर्शकहरुलाई धेरैपल्ट प्रतीक्षा गर्नको लागि अनुरोध गर्दागर्दै पनि दर्शकहरुको अत्यन्त माग बढेपछि कायक्रमको मध्यतिर धिरजले आफ्नो वेजोड प्रस्तुती दिए । आफ्नो लामो सांगीतिक यात्रामा पहिलोपल्ट टिस्टुङ्ग आइपुगेका धिरजले टिस्टुङ्ग नेपालकै एक अत्यन्त सुन्दर स्थान रहेको कुरा शुरुमै बताए ।  यस्तो रमणीय स्थानको बारेमा अरुले पनि थाहा पाउनुपर्ने इच्छा प्रकट गर्दै आफ्नो कार्यक्रम शुरु गरे । “तिमी रुँदा एक्लै हुँदा” बोलको गीतबाट कार्यक्रम शुरु गरेका धिरजलाई दर्शकहरुले सँगसँगै गीत गाएर साथ दिए ।  “सोइ ढोले सोइ” गीतबाट आफ्ना “फास्ट बीट”का गाना गाउन शुरु गरेका धिरजले ‘गर्लफ्रेन्ड’, ‘मिस्टिरयस गर्ल’, ‘मुसुमुसु हाँस्दा’ लगायतका गीत गाएर दर्शकहरुलाई उफारे । ‘धिरज राईलाई हल्ला चाहिन्छ’ भन्दै गर्दा दर्शकहरुले पनि बेजोडले हल्ला गरेका थिए । “वान्स मोर, धिरज राई” भनेर हुटिङ्ग गरेपछि उद्घोषकले पुनःएकपल्ट धिरजलाई बोलाए । करिब १ः०० घण्टाको अवधिमा उनले आफ्ना लोकप्रिय १० वटा गानाहरु सुनाएका थिए । कार्यक्रममा हाँस्य जोडी दमन रुपाखेती र संगम राई ‘लभ्ली’ को प्रहसनले रौनकता बढाएको थियो । “झ्याँइकुटी झ्याँइ” टेलिश्रृखलाका लोकप्रिय यो जोडीले विदेशी पर्यटक र नेपाली युवतीको भूमिकामा देशको राजनीतिक तथा  सामाजिक विसङ्गती प्रति तीखो व्यङ्ग प्रहार गरेका थिए । “टिस्टुङ्ग बज्रबाराही नेवाः पुचः” ले सो सांस्कृतिक पर्यटक मेला–२०६८ को आयोजना गरेको थियो । एम्बुलेन्स सेवा निरन्तर सञ्चालनको सहयोगार्थ आयोजना गरिएको सो कार्यक्रममा थुप्रै स्टलहरु अनि खेलहरु पनि सञ्चालन गरिएको थियो ।

डायास्पोरिक कथासङ्ग्रह ‘समुद्र र सपना’ विमोचित

काठमाण्डौं, ३ मार्च २०११

बेल्जियम निवासी कथाकार सञ्जु बजगाईंको नवीनतम कथा सङ्ग्रह ‘समुद्र र सपना’ आज काठमाण्डौंमा साहित्यकार तथा पत्रकारहरुमाझ एक समारोहमा विमोचन गरियो ।

Read more: डायास्पोरिक कथासङ्ग्रह ‘समुद्र र सपना’ विमोचित

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।