alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

Architecture

पत्रकार राईमाथि आक्रमण र लुट

User Rating:  / 0
PoorBest 

सन्तोष काफ्ले
धरान– सुनसरीको वराहक्षेत्रमा रिपोटिङ गरेर फर्किरहेको अवस्थामा नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य हिमाल राईलाई शनिबार सांंझ विनाकारण महेन्द्रनगर–४ बस्ने साइला भन्ने विनोद लिम्बुले सांघातिक आक्रमण गरेकोमा नेपाल आदिवासी जनजाति पत्रकार संघ सुनसरी (अनिज) ले दोषिलाई कडा कारवाही गर्न माग गरेको छ ।

अनिजले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै बराहक्षेत्र स्थित चतरा प्रहरी चौकीकै अगाडि ड्यूटीमा बसेका प्रहरी हवल्दार रुद्र खड्का र खिलबहादर कटुवालको अगाडि ‘समाचार लेख्ने पत्रकार तैं होइनस्’ भन्दै कुटपिट गरेर ४० हजार मुल्य पर्ने सोनी डिजिटल क्यामेरा, साथमा रहेको १० हजार नगद र डायरी लुट्नेलाई प्रहरीले कुनै कारवाही नगरेकोमा आश्चार्य व्यक्त गरेको छ ।

    पत्रकार राईले आफुलाई कुटपिट र लुट्ने लिम्वू विरुद्ध चतरा प्रहरी चौकीमा कारवाहीको लागि जाहेरी दिएका छन् ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।