पत्रकार राईमाथि आक्रमण र लुट
- Details
- Category: समाज र सामाजिक कार्यकर्ता
- Written by सन्तेष काफ्ले
सन्तोष काफ्ले
धरान– सुनसरीको वराहक्षेत्रमा रिपोटिङ गरेर फर्किरहेको अवस्थामा नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य हिमाल राईलाई शनिबार सांंझ विनाकारण महेन्द्रनगर–४ बस्ने साइला भन्ने विनोद लिम्बुले सांघातिक आक्रमण गरेकोमा नेपाल आदिवासी जनजाति पत्रकार संघ सुनसरी (अनिज) ले दोषिलाई कडा कारवाही गर्न माग गरेको छ ।
अनाथ आश्रमलाई ‘प्रवासी नेपाली साहित्य समाज बुनाई/बेलायत’ को सहयोग
- Details
- Category: समाज र सामाजिक कार्यकर्ता
- Written by RSS
उदयपुर, २२ डिसेम्बर ११, मंसिर‘प्रवासी नेपाली साहित्य समाज बुनाई/बेलायत’ ले उधौली चाडको अवसरमा १५ डिसेम्बर २०११ का दिन दर्शन अनाथ आश्रम उदयपुर बेल्टारलाई मानवीय सहयोग गरेको छ ।
Read more: अनाथ आश्रमलाई ‘प्रवासी नेपाली साहित्य समाज बुनाई/बेलायत’ को सहयोग
ओलाङचुङगोला र लेलेप गाविसमा नागरिकता बितरण
- Details
- Category: समाज र सामाजिक कार्यकर्ता
- Written by AND Nepal
इटहरी ७ जेठ // जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लाकै दुर्गम ओलाङचुङगोला र लेलेप गाविसमा पुगेर पहिलो पटक नागरिकता बितरण गरेको छ ।
'धरानलाई दोस्रो हङकङ बनाउने सोँचमा छु’
- Details
- Category: समाज र सामाजिक कार्यकर्ता
- Written by देबेन्द्र कार्की
हङकङ नेपाली महासंघधरानमा हुर्के-बढेका प्रदीप थापा १४ वर्षदेखि हङकङमा बसेर नेपाल र नेपालीका लागि सकि्रय छन् । हङकङमा रहेर पनि विशेष गरी धरानलाई समृद्ध बनाउने अभियानमा लागेका थापाले धरान-हङकङ माचको नेतृत्व हुँदै १७ महिनायता हङकङ नेपाली महासंघको नेतृत्व सम्हालिरहेका छन् । उनले त्यहाँ बसेर पनि नेपालीहरुको हकहितका लागि काम गरिरहेका छन् । धरानको विकास र समृद्धिका लागि सरोकारवालाहरुसँग छलफल गर्न धरान आएका बेला थापासँग गरिएको कुराकानीको सम्पादित अंशः
अहिले धरानबाहिर हुनुहुन्छ धरानमा हुँदा धरानका लागि के गर्नुभयो ?
-म सितोरियो कराँते खेलाडी हुँ । खेल पृष्ठभूमिबाट आएको मान्छे भएकोले खेलबाट धरानलाई चिनाउनुपर्छ भन्ने हिसाबले धरानमा रहँदा खेल गतिविधिमा संलग्न भइरहेँ । मलाई आईडी कार्डले हङकङ तान्यो । हङकङमा रहेर पनि धरानलाई समृद्ध सहर बनाउन चिन्तनमनन भइरहन्छ । विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध भएर नेपाल र विशेष गरेर धरानका लागि सहयोग पुर् याइरहेको छु ।
हङकङ कहिले जानुभयो अहिले धरानका लागि के गर्दै हुनुहुन्छ ?
-म सन् १९९७ मा हङकङ पुगेको हँ । १९९८ मा धरान-हङकङ माच स्थापना भयो । दोस्रो कार्यकालमा सदस्यको रुपमा संस्थामा प्रवेश गरेँ । त्यस बेला हङकङमा बस्ने नेपालीहरुको साथ-सहयोगमा धरानको घण्टाघर निर्माण गर्न ५६ लाख जुटायौँ । त्यस बेला धरानलाई चिनाउन घण्टाघरको लोगो हालेर ५ सय टिसर्ट बनाएर प्रचार गरियो । धरानको पहिचान गराउन चीनबाट मगाएर धरान अङ्कित १ हजार झोलाहरु वितरण गरियो । त्यहाँको कहुन पार्कमा धरानको नाममा करिब २४ फिट चौडाइ र १४ फिट उँचाइको विशाल ब्यानर बनाएर कार्यक्रम गरियो । गत २०१० मा हामीले धरानलाई चिनाउन धराने मेला आयोजना गर् यौं ।
१७ महिनाअघि हङकङ नेपाली महासंघको नेतृत्व सम्हाल्ने अफर आयो । सबैले मेरै नेतृत्व चाहिन्छ भनेपछि महासंघको निर्वाचनमा उठेर अध्यक्ष पदमा विजयी पनि भइयो । महासंघमा म आएपछि हङकङमा रहेका संघ-संस्थालाई समेटेर एक भई नेपाल र नेपालीका लागि केही योगदान गर्नुपर्छ भन्ने अभियानमा सरिक गराउँदै आएको छु । हङकङमा रहेका केही संघ-संस्था महासंघबाट बाहिरिएका थिए । ती संस्थाबीच एकता गरिएको छ । हङकङमा रहेका साहित्यकारहरुलाई प्रमोट गर्न साहित्यिक कार्यक्रम पनि गरिरहेका छौ । यसले नेपाली साहित्य डायास्पोरामा पनि मौलाइरहेको छ भन्ने सन्देश दिएको छ ।
हङकङमा कुनै पनि संघ-संस्थाले गर्ने कार्यक्रममा सपोर्ट गर्दै आएका छौं । महासंघले त्यहाँको सरकारसँग पनि सहकार्य गरिरहेको छ । महासंघको छुट्टै भवन नभएकोले यति बेला भवन निर्माणमा जुटिरहेका छौं ।हङकङमा ६० बढी जातीय संघ-संगठनहरु छन् । उनीहरुसँग सहकार्य गरेर हङकङमा वीर गोर्खालीहरुको क्लब बनाउन लागेका छौं । सबै देशको क्लब छ नेपालीहरुको छैन । क्लब निर्माणपछि नेपालीहरुलाई हरेक कार्यक्रम गर्न सजिलो हुनेछ । ४/५ लाख हङकङ डलर संकलन भइसकेको छ ।
धरानका लागि के गर्ने योजना बनाइरहनुभएको छ ?
-म धरानको बासिन्दा भएकोले मैले धरानका लागि नै धेरै सोँचिरहेको हुन्छु । नेपालमा हुने खेलकुदलाई प्रमोट गर्न महासंघको तर्पुबाट कप र मेडलको व्यवस्था गर्दै आएका छौं । धरानबाट हङकङ जाने बुद्धिजीवीहरुको भिसालगायत्का समस्या समाधान गर्न मद्दत गर्छौं । धरानको विकास-निर्माणमा सकारात्मक सोँच भएका व्यक्तिहरुलाई हङकङ घुमाउन र त्यहाँका प्रविधि/विकास धरान भित्र्याउन सहयोग गरिरहेको छु । धरानलाई दोस्रो हङकङ बनाउने मेरो सोँच छ । सबैसँग सहकार्य गरेर समृद्ध धरान बनाउने योजना बनाएको छु । बडी बिल्डिङसम्बद्ध धरानेहरुसँग छलफल गरियो । मार्च महिनामा पूर्वााचलभरिका बडी बिल्डरहरुको वृहत् भेला गर्ने तयारी भएको छ । यो पनि धरानको खेलकुद विकासमा एउटा प्रयास हुनेछ ।
पुरानो हस्पिटल भएको धरान-४ को जग्गामा एउटा एउटा 'बेबी पार्क' निर्माण गर्ने सोँच छ । यहाँका धरानेले त्यो जग्गा उपलब्ध गराउन कानुनी प्रकि्रया पूरा गरेमा हामी हङकङमा बस्ने नेपालीहरुका तर्पुबाट पार्क बनाउन सहयोग गर्ने तयारी गरेका छौं । त्यसैभित्र एउटा स्पोर्टस पार्क बनाउने सोँच पनि छ ।
विदेशमा पर्यटकलाई आकर्षित गर्ने धेरै पार्क हुन्छन् तर धरानमा छैनन् । जिरो प्वाइन्टदेखि भेडेटारसम्म २÷३ वटा पार्क निर्माण गर्न सके पर्यटक तान्न सकिन्छ । यसका लागि पनि महासंघले सहकार्य गर्नेछ । फोहोरमैला व्यवस्थापनमा पनि मेरो सोँच छ । धरानमा बढ्दो विकृति र दुव्र्यसन न्यूनीकरणका लागि पनि केही गरौं भन्ने सोँच छ । यहाँका बुद्धिजीवीहरुले नयाँ योजना लिएर आए हामी सहकार्य गर्न तयार छौं ।
धरानमा के समस्या देख्नुभएको छ ?
धरान आफैंमा सुन्दर छ । यहाँ धेरै समृद्ध व्यापारी बुद्धिजीवीको बसोबास छ तर दुर्भाग्य धरान बनाउनुभन्दा आपुनै घर बनाउनमात्र बढी ध्यान दिने चलन छ । नेताहरुले पनि धरानका लागि केही गरेको पाइँदैन । धरानलाई समृद्ध बनाउन सबैको ध्यान जाओस् भन्ने चाहन्छु । धरानमा स्तरीय गेष्ट हाउस पनि छैनन् । पानीको समस्या छ । भेडेटारलाई पर्यटकीय स्थल भनिन्छ तर घुम्ने पार्क र बस्ने होटलको पर्याप्त व्यवस्था हुन सकेको छैन । सबै लागिपर्ने हो भने धरानलाई सुन्दर बनाउन सकिन्छ । यतातिर धरानवासीले ध्यान पुर् याउनुपर्छ ।
हङकङमा नेपालीहरुको अवस्था कस्तो छ ?
त्यहाँ ४० हजार नेपाली छन् । सुरुमा उनीहरु त्यहाँ सेटल हुन र घर बनाउनतिर लागे । उनीहरुको जीवनशैली र सेवा-सुविधामै फरक आएको छ । हङकङको ऐश सुविधा उपभोग गरेका हङकङे नेपालीहरु नेपालीको अवस्था देखेर चिन्तित छन् । यहाँको सडक बिजुली पानीको समस्याबाट उनीहरु चिन्तित छन् ।
तपाईंको विचारमा उनीहरुले त्यहाँ बसेर नेपालका लागि के गर्न सक्छन्
-हङकङमा धेरै नेपालीहरु छन् । उनीहरुले नेपालको विकास निर्माणमा निकै सहयोग गर्दै आएका छन् । हङकङवासीको सहयोगमा धेरै निर्माण कार्य भएका छन् । यसमा हामीले खुशी मान्नुपर्छ ।
त्यहाँका संघ-संस्थाबीच मेलमिलाप छैन भनिन्छ नि के भएको हो ?
-महासंघमा म आएको १७ महिना भयो । सुरुमा मलाई पनि अनुभव भएको हो । पहिले जाति तथा पूर्व-पश्चिम छुट्याउने काम हुन्थ्यो तर अहिले हटेको छ । सबै एक भएर काम गर्ने बानी विकास हुँदैछ । नेपाली राजनीतिले हङकङको नेपाली समाजलाई पनि प्रभाव पारेको छ । यो पार्टी र त्यो पार्टी त्यो वर्ग भन्ने प्रवृत्तिले केही असजिलो भएको थियो तर अहिले नेपाल र नेपालीको हितका लागि सबै एक भएका छन् ।
प्रस्तुतिः देबेन्द्र कार्की
सृजनाका अमर ज्योति दम्पति : टीकाराम र चन्द्रकला
- Details
- Category: समाज र सामाजिक कार्यकर्ता
- Written by नरेन्द्रराज प्रसाई
-नरेन्द्रराज प्रसाई
नेपाली भाषासाहित्यका प्रखर प्रतिभा टीकाराम धनञ्जय भौतिक रुपमा २६ वर्षमात्र बाँचे । उनको भौतिक चोला १९६६ सालमा अर्घाखाँचीको खिदिममा झुल्केको थियो भने १९९३ सालमा त्यही अस्ताएको थियो । पं.एकदेव मरासिनी र नारायणी मरासिनीका छजना छोरा र दुईजना छोरीपछि जन्मेका यी कान्छो सन्तान थिए ।
सिमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा
- Details
- Category: समाज र सामाजिक कार्यकर्ता
- Written by AND Nepal
सप्तरी ८ कार्तिक / हिन्दुहरुको दोस्रो महान चाड शुभ दिपावली तथा छठ पर्वलाई मध्यनजरगरी सप्तरीको भारतीय सिमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Who is Indra Bahadur Rai ?
- Details
- Category: समाज र सामाजिक कार्यकर्ता
- Written by Dev Raj Rai
Indra Bahadur Rai (ईन्द्र बहादुर राई), born on February 3, 1927 at Balasan Tea Estate in Darjeeling, is one of the most eminent writers of long as well as short fictions. He is also highly regarded as one of the pioneers of objective approach in literary studies in Nepali. His major works are incorporated into the syllable prescribed for undergraduate and post-graduate studies in Nepali by different Boards of Education and Universities in India and Nepal.
वीपी स्वस्थ विज्ञान प्रतिष्ठानमा दैनिक कामको अनुगमन
- Details
- Category: समाज र सामाजिक कार्यकर्ता
- Written by AND Nepal
धरान १९ असार / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र हुने गरेका दैनिक कामहरुको आजदेखि अनुगमन सुरु भएको छ ।
पत्रकार महेश श्रेष्ठको संयोजकत्वमा गठित अनुगमन टोलीले प्रतिष्ठानको अनुगमन सुरु गरेको हो । उच्च स्तरिय निगरानी अनुगमन तथा समन्वय समिति धरान र सरोकार समिति धरानवीच गत जेठ ६ गते अनुगमन टोली गठन भएको थियो ।
Read more: वीपी स्वस्थ विज्ञान प्रतिष्ठानमा दैनिक कामको अनुगमन
हङकङमा धनाढ्यहरुको अपहरण
- Details
- Category: समाज र सामाजिक कार्यकर्ता
- Written by Suraj Limbu
यिप याङ निडर र आक्रोशित थिए भने समय लगाएर मास्टर माइण्ड गर्ने चियङ यिन थिए । उनीहरुको मित्रताको शुरुवात स्टेनली जेलबाट भएको थियो । जहाँ दुबैजना आफ्नो जेलकाल पूरागर्दै थिए । यिप र चियङ बीचको अपराधिक साझेदारीले हङकङको महा धनाढ्यहरुको जीवन उथलपुथल हुन पुग्यो । यिप र चियङ अपराधिक क्षेत्रमा यिनीहरु एक पूर्ण शक्ति बन्न पुगे ।
आठ हजार माथिको १४ हिमाल आरोहण गर्ने मिङ्मालाई सम्मान
- Details
- Category: समाज र सामाजिक कार्यकर्ता
- Written by alopalo
संखुवासभा ६ असार // ८ हजार उचाई माथिका १४ वटा हिमालको सफल आरोहण गरेर पहिलो पटक दक्षिण एसियामै किर्तीमान कायम गर्न सफल मिङ्मा शेर्पालाई हिजो संखुवासभा सदरमुकाम खाँदबारीमा सम्मान गरिएको छ ।
Read more: आठ हजार माथिको १४ हिमाल आरोहण गर्ने मिङ्मालाई सम्मान
सन्दर्भ चिङमिङः पुर्खालाई मर्सिडिज कार र आईफोन
- Details
- Category: समाज र सामाजिक कार्यकर्ता
- Written by Dev Raj Rai
हङकङको न्यू टेरीटोरिज र वरिपरिका टापुहरुमा भ्रमण गर्दा तीन प्रकारका चिहानहरु वनपाखामा देख्न सकिन्छ । चाइनीजहरुको परम्परा अनुसार मृतकलाई गाड्ने चिहानलाई तीन चरणमा विभाजन गरिएको पाइन्छ । पहिलो चरणमा पहाडको छेउमा पाँच देखि दश वर्षसम्मका लागि गाडिन्छ । त्यस्ता चिहानहरुमा साधारण शिलालेख मात्र खडा गरिएको हुन्छ ।
छिन्ताङ र सूर्य बहादुर
- Details
- Category: समाज र सामाजिक कार्यकर्ता
- Written by जसकुमार राई
-जसकुमार राई
"बाँसको भाला तिखारी
सामन्तलाई नगीडे , सैनिकसंग नभिडे
आउँदैन है जनबाद भाषण ठोकेर ।"
खोकु छिन्ताङ र आँखी सल्ला श्रेत्रमा कम्यूनिष्टहरुले गुञ्जाउने गीत थियो यो । अहिले यो गीत उक्त क्षेत्रमा गएर काम गर्ने कम्युनिष्टहरुलाई कण्ठाग्रछ । कम्यूनिष्टहरु जनवाद ल्याउन कस्सीएर लागी परेका थिए । अनि सुर्यबहादुर आफ्नो राजनितिक छविलाई अझ कम्यूनिष्ट विरोधी बनाएर सत्ता लम्ब्याउन चाहन्थे । मझिया प्रथा कम्यूनिष्टहरुको लागि शामन्त बर्ग शत्रुको रुपमा चित्रण गरेर रणनिती बनाउने काममा लागेको थिए ।
भि.सि. लछिमन गुरुङ्गको रगतले भिजेको बर्माको टाङडा र उनको सम्झना
- Details
- Category: समाज र सामाजिक कार्यकर्ता
- Written by काङमाङ नरेश
हामी लाहुरेहरु कुनै वर्ग र राष्ट्रबाट सिमान्तकृत भएर लाहुर घर तिर लागेको साँचो कुरो हो । यो समयमा हामीले यसरी बोल्ने आट ग्यौ भने कुनै जातीहरुलाई अप्ठ्यारो लाग्न सक्छन तर हामीले वोल्नु पर्ने हुन्छ । गारर्खालीहरुको करिब २०० बर्षको ईतिहासमा धेरै सुखका दिनहरु भन्दा धेरै दुुःखका दिनहरुले पेतिएका छन् । ति दुःखका दिनहरुलाई अझ धेरै दुःखमा परिणत गर्नेहरु तपाई हाम्रो अगाडी छात्ती फुलाएर हिडिरहेका छन् । तिनीहरुको लेखा जोखा गर्दै जानु पर्ने छ तपाई हामीले ।
Read more: भि.सि. लछिमन गुरुङ्गको रगतले भिजेको बर्माको टाङडा र उनको सम्झना
झापामा सामाजिक सुरक्षाकालागि २४ करोड
- Details
- Category: समाज र सामाजिक कार्यकर्ता
- Written by AND Nepal
दमक ४ असार / सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत यसवर्ष झापामा २४ करोड वितरण भएको छ । कार्यक्रम अन्तर्गत चौमासिक रुपमा रकम वितरण गरिएको जिल्ला विकास समितिका सामाजिक सुरक्षा शाखाका कर्मचारी गणेश सिटौलाले बताउनुभयो । जिल्लामा करिब ३९ हजारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत विभिन्न शीर्षकमा भत्ता रकम पाएका हुन् । ।
व्यक्तित्व: कुलचन्द्र गौतम अब्बल उदाहरण
- Details
- Category: समाज र सामाजिक कार्यकर्ता
- Written by कनकमणि दीक्षित
संयुक्त राष्ट्रसंघमा सहायक महासचिवसम्मको उच्च पदमा पुगेर अवकाश पाएका कुलचन्द्र गौतमसाढे तीन दशकको सेवापछि २०६४ सालमा काठमाडौं फर्केर शान्ति प्रक्रियासम्बन्धी विभिन्न काममा जुटे। यसैबीच माधवकुमार नेपालको सरकारले संयुक्त राष्ट्रसंघको ६६ औं महासभा (जेनरल एसेम्बली) को अध्यक्षको लागि उनको नाम अगाडि सारेको छ। संसारकै संसद् मानिने उक्त महासभाको काम वर्षभरि रहन्छ र गौतमलाई मनोनीत गरिएको सन् २०११-२०१२ को अधिवेशनलाई हो।
महिलाहरु विद्यालय निर्माण गर्दै
- Details
- Category: समाज र सामाजिक कार्यकर्ता
- Written by AND Nepal
धनकुटा २१ जेठ / स्थानीय महिलाहरुको सक्रिय सहभागितामा धनकुटाको फाक्सिव गाविस स्थित सीतादेबी माध्यमिक विद्यालयको दुई कोठे पक्की भवनको निर्माण कार्य सम्पन्न भएको छ । अजम्बरी शान्ति प्रवद्र्धन केन्द्रका महिलाहरुले करिब १ लाख ३२ हजारको जनश्रमदानबाट विद्यालय भवन निमार्ण कार्य सम्पन्न गरेका हुन् । महिलाहरुले चालेको अभियानलाई केयर नेपालको समुदाय सहयोग कार्यक्रम धनकुटाले सहयोग गरको छ ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.







