alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

काँचो मुद्धा' -बक-पत्र

User Rating:  / 3
PoorBest 

 - खगेन्द्र पन्धाक लिम्बू

केहि ख्याउटो तर हट्टाकट्टा ठिटो, साहित्यरुची कै कारण धरानका सडकमा धेरै जुत्ता-चप्पल फटाउँदै गोष्ठी,प्रेस र पत्रिका दोकान कुदिरहन्छ l निकै आकर्षक बोली छ l उसंग शिष्ट र शालीन भाषा छ l आँखामा उमंगका ज्योति बलेकाछन् l हातमा कलेजका किताब र आफ्नो सिर्जनाले भरिएको नोटबुक छl  चिनापर्चीको क्रममा उसकै मुखबाट थाहा भयो- 'जगत नबोदित'

खोटांगको राई, उच्चशिक्षा हासिल गर्न धरान झरेका केटो साहित्यको मोहले तानिएर यसरी नै कुद्दा-कुद्दै अचानक हरायो l मैले झैं धेरै समकालीन मित्रहरुले उनको सम्झना गरे, सोध-खोज गरे l पछी थाहा भयो-- उ त लाहुरे भएछ l यो खबरले धेरै खुशी भए होलान, धेरै दुखी पनि भए होलान l तर मैले भने अर्कै अनुभूत गरें कि लाहुरे हुन सजिलो छैन अर्थात् प्रतिभाशाली युवा मात्र लाहुरे हुन्छ l जो स्वस्थ, हट्टाकट्टा, पढेलेखेको, चलाख, इमान्दार र बुद्धिमानी हुनुपर्दछ, अनि मात्र अंग्रेजहरुले छानेर लान्छन l त्यो सबै गुण उसंग थियो l अप्ठेरो काममा सफल हुन सक्ने प्रतिभाशाली जवान केटो थियो उ l बक्तित्वकलामा सहभागी हुन स्कूल पढ्दा नै दक्षिण कोरियासम्म उनि पुगिसकेका थिए l एउटा प्रतिभाशाली मित्रलाई आफुले, समाजले र देशले गुमाउनु परेकोले मलाई केहि तिक्तता भने अवस्य लागेको थियो l

केहि बर्षपछि यो तिक्तता यसरी समाप्त भयो कि मुक्तक संग्रहको पाण्डुलिपी सहित आफ्ना मुक्तकमा भावचित्र कोर्ने अनुमति बिसाउँदै उनि काठमान्डूको सागर रेकर्डिंग देखा परे, जहाँ म संगीत तथा टेक्निसियनको काममा थिएँ l 'जगत नबोदितले देश छोडेका रहेनछन, साहित्य सिर्जना भुलेका रहेछन ' भन्ने थाहा पाएर बेहद खुशी भएँ त्यो क्षण l अर्को कारणले पनि महत्वपूर्ण रह्यो कि टाइफाइडले सिकिस्त हुँदा पनि काम्दै उत्साहले त्यो काम गरें l लाहुरे जीवनमा पनि उनले चाँडो प्रगति गरे l प्रतिभाशील व्यक्तिहरु जतै पनि चाँडो प्रगति गर्दारहेछन भन्ने बुझें l बीच-बिचमा साइबरसम्पर्कमा भलाकुसारी हुँदै गयो l हुँदा हुँदै आज मेरो हातमा उनै प्रतिभावान मित्रको अर्को कृति -'काँचो मुद्धा' परेकोले मैले यो बकपत्र जाहेर गरिरहेछु l

एउटा कलमकर्मी मान्छे बन्दुककर्मी हुनुमा धेरै कारण त नहोलान तर थोरै र महत्वपूर्ण कारण अवस्य छन् l परापूर्वकालदेखि देशका नेताहरुले नेपाली जनतामाथि खेलबाड गर्दै आएको कारण सुरु भएको लाहुरे प्रथा एकातिर संस्कारको रुपमा हुर्किएको थियो lअर्कोतिर देशको जर्जरतामा देश मै यस्ता प्रतिभावान युवाहरुलाई समेटेर राख्ने कुनै भरपर्दो अवस्था-व्यवस्था थिएन l यसकारणले नचाहेर पनि चाहिनु पर्ने पेसा बन्यो 'लाहुरे' ! आफ्नो परिवार, समाज र देशलाई माया गर्दै बिदेशी माटोमा जोखिम मोल्दै हिंड्ने यस्ता धेरै नेपाली युवाहरु अझै पनि 'लाहुरे' जीवनबाट नै सिर्जनशील कार्यमा जुटेका छन् l उनीसंग म अरु धेरै परदेशी सर्जकहरु सम्झिन्छु एतिवेला l म पनि विदेश बसेर सिर्जनामा लगेकोछु l यो तमाम कथाको अनुभव म स्वयं पनि हुँ lत्यहि तिक्त अनुभूति, अनुभव र जीवनले उनीहरुको अन्तरबोधताबाट यस्ता कृतिहरु सिर्जना भैरहेकाछन् l त्यसो र पनि एउटा कृतिको बारेमा यस्ता व्यक्तिगत जीवनका प्रसंगहरु यसरी उठेर आए l

क्रमश:म सुरुदेखि पढ्दैछु l कविताका कला, विषय, विम्ब-प्रतिक, विचार र दर्शनहरको चौघेरोमा अनेक प्रश्नहरु निर्माण हुँदै जान्छन l धेरैले नामको लागि लेखे होलान l धेरैले आत्मा सन्तुष्टिको निमित्त लेखे होलान l पुरस्कार, सम्मान, पद आदिको निमित्त लेखे होलान l कसले केको लागि लेख्यो ? भन्दा पनि लाहुरे जीवनको व्यस्ततामा कसरी कविले समय मिलाएर यस्ता असल कविता लेखे होलान ? भनेर सोच्दोछु l
'एउटा फूलको तस्विर सजाएर राखेकोछु
टेबुलमा,
त्यहि फूल छ मेरो हृदयमा
जो काटीकुटी-दुरुस्तै
तिमीजस्तै छ l'

यस्ता प्रखर विम्ब-प्रतिक चयन गरेर सहज र अदृश्य अनुभूतिका सौन्दर्यलाई काब्यब्यन्जनामा सटिक ढंगले प्रस्तुत गरिएका कविताहरु मुक्ताकिला र सायरीमय लाग्दछन् l

जीवन भोगाईका प्रत्येक घटना-परिघटनाहरु जीवन-जगतका निमित्त उचित अध्याय हुन् l तेसोर, कवि नबोदितले जीवनका प्रत्येक घटना र अवस्थाबाट कविता सिर्जना गरेका छन् र कला औ स्वबौद्धिकताले काव्यिक उचाईमा लगेर कवित्व प्रदान गरेकाछन् l
"किरिङमिरिङ रेखाभित्र पो
मैले जिन्दगी देखें ,
जहाँ म,
थाहै नपाई हिंडिरहेको थिएँ l"

स्वबिचार,सिद्धान्त र स्वदर्शनलाई अवस्थाले अनुकूल र प्रतिकूलमा चाकाचुली खेलाउँदा कवि हृदयले आफ्नै जीवनका रेखाहरुलाई अमूर्त देख्छन l त्यहि अमूर्तभित्र एकोहोरो गन्तव्यको यात्रामा निस्किएको जीवन नै अमूर्तबोधता हो l समस्याहरुको, विडम्बिनाहरुको र अप्ठेराहरुको सामना गर्दै सम्भाब्या जीवनको खोज नै दुरुहमार्गी यात्रा हो l अप्ठेरोबाटोबाट सजिलोमा जीवनलाई भेट्नु पर्दछ l
'मान्छेहरु
तिमी


गीतको भाकामा
साझा बसको यात्रा काटिरहेछन l'
सहज विम्ब-प्रतिकसंगै समूल जीवनका विशिष्ट व्याख्याहरू यसरी लघुकवितामा मन्चन गरिएकाछन्
'उघारेर मोनालिसाको छाती
सगरमाथाको रगत
पिईरहेछन घुट्घुटी
अट्टालिकाको इँटा-इँटामा
पसिनाका बिम्बहरू
-----------------------
-----------------------
दुर्घटित छन् निर्दोष सपनाहरु
एम्बुलेन्सले किचेर
यो बाङ्गो सहरमा
यो नाङ्गो सहरमा '

प्रभुत्ववादले जेलिंदै गएको पूँजीवादी संस्कारले दमन र मोनोपोली गरेका श्रमजीवी र निर्धाहरुको जीवनको असुरक्षा, अनिश्चितता र जर्जरतामा आफैं उभिएर कवि तिक्तताको पैरवी गर्दो छन् l विकास, आविस्कार, सभ्यता र ब्यबस्था किन सप्पै जीवनहरुको साझे बन्न सकेन ? यो प्रश्नले रन्थनिएका कविका अन्य कविता वा सिर्जनामा यसको उपयुक्त जवाफ र उपायहरु प्रविष्टि हुने नै छन् भन्ने हाम्रो आशा रहन्छ l
यो कुनै काव्यकृतिको एकलब्य समालोचना होइन कि यो काव्यकृति प्रति चिन्तनशील बर्गलाई निम्तोस्वरूप बोलाएर प्रतिसमलोचनाको धारमा उभिन गरिएको एक हार्दिकता मात्र हो l उसो त कवि जगत नबोदित अब आफैंमा नबोदित नाराहर स्थापित साहित्यकार हुन् l
छोटा-छोटा कविताहरुको यो लामो काब्य-संग्रह कवि जगत स्वयंले विश्वका कुनाकाप्चाका जीवन-जगत चहारेर-भोगेर-बुझेर उठाएका काँचो मुद्धाहरु हुन् l जो अहिले बजारमा पाठक खोजिरहेछ l  पाठकहरुले खोज्नु पर्दछ अब l समालोचक गोविन्दराज भट्टराईको भूमिका लेखनसंगै अगाडी बढेको यो कृतिका काँचो मुद्धाहरु हाम्रो साझे हुन् l

आसेवारो !
१८ डिसेम्बर २०११
बैंकक, थाईल्याण्ड