alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

सूर्य नेपाल ईष्टर्न ओपनको उपाधि शिवरामले चुमे

User Rating:  / 1
PoorBest 

धरान, १५ पुसः नम्बर १ गल्फरका रुपमा चिनिएका शिवराम श्रेष्ठले लगातार दोस्रो पटक सुर्य नेपाल ईष्टर्न ओपनको उपाधी हात पारेका छन् । यो उनको करियरको १६औं  उपाधि हो ।सुक्रबार ५ ओभर ७५ को खराब प्रदर्शनका बाबजुत कुल ५ ओभर २१५ अंकका साथ रमेश अधिकारी र रवि खड्कालाई २ स्टूोकले पछि पार्दै श्रेष्ठले उपाधि चुमेका हुन् । पहिलो दिन ७२ र दोस्रो दिन ६८ अंक बनाई अन्तिम दिन ४ स्टोकले अघि रहेका शिवरामले १ डवल वोगी र २ वोगीका बिरुद्ध ३ वडीै प्रहार गरी फ्रण्ट नाईन १ ओभर ३६ मा सकाएका थिए । । ब्याक नाईनमा उनले लय गुमाउदा रमेशले १६औं होलमा वर्डी प्रहार गरी शिवरामको अग्रतालाई १ स्ट्रोकमा झारे पनि पछि दुवैले खेल राम्रो प्रदर्शन गर्न नसके पछि    ब्याक नाईनमा २ वर्डीका बिरुद्ध ६ वोगी प्रहार गरे । शिवराम २ स्टोकले नतिजा आफ्नो पक्षमा पार्न सफल भए ।

 

दोस्रो दिन संयुक्त दोस्रो स्थानमा रहेका रमेशले मात्र ३ वर्डी प्रहार गर्दा ६ वोगीको सामना गरे । ३ ओभर ७३ अंक सहित कुल २ सय १७ अंक बनाई रवि खड्कासंग दोस्रो स्थानमा संयुक्त उपाधि लिन हात पारे । पुर्व नम्बर १ गल्फर रविले ३ वोगी र २ वर्डीको मद्दतले १ ओभर ७१ म खेल सकाउंदा आठौ स्थानबाट दोस्रो स्थानमा झरे । ८ ओभर २१८ अंकका साथ लोकल गल्फर थाम बहादुर राई र सविन सापकोटाले संयुक्त रुपमा चौंथो स्थान प्राप्त गरे । थाम बहादुरले ४ ओभर ७४ र सविनले ३ ओभर ७३ स्कोर गरेका थिए । ४ ओभर ७४ अंक जोडी कुल २१९ का साथ सुर्य प्रसाद शर्मा छैटौं हुदा सञ्जय लामा, दिपक थापा मगर र राम थापा १० ओभर २२० का साथ संयुक्त सातौं स्थानमा रहे ।

एमेच्योर तर्फ दिनेश प्रजापतिले अन्तिम दिन ११ ओभर ८१ स्कोर गरेतापनि कुल २२८ अंकका साथ उपाधि हात पारे  । २० ओभर २ सय ३० अंकका साथ विकास वोगटी दोस्रो तथा २सय३१ अंकका साथ शुक्रराज राई तेस्रो भएका छन् । कुल ४ लाख २५ हजार पुरस्कार राशी रहेको सुर्य नेपाल गल्फ टुर २०११÷१२ अन्तर्गतको आठौ प्रतियोगिताको विजेता शिवरामले ८० हजार प्राप्त गरे । जारी सिजनमा उनको यो पाचौं उपाधि हो । भारतीय गल्फ टुर पिजिटिआईमा छनौट भएका शिवरामले जनवरी १७ देखि हुने बंगलादेश ओपनमा उत्कृष्ट १० भित्र पर्ने लक्ष्य राखेको बताएका छन् । संयुक्त रुपमा दोस्रो भएका रमेश र रविले जनही ४३ हजार ५ सय हात पारे ।

सुर्य नेपाल प्रा.लि.को प्रायोजनमा नेपाल प्रोफेशनल गल्फर्स एसोसिएशनद्धारा सञ्चालित तीन दिने प्रतियोगितामा कुल २९ प्रोफेशनल तथा २४ एमेच्योरले सहभागिता जनाएका थिए । विजयी खेलाडीहरुलाई नेपाल प्रोफेशनल गल्फर्स एसोसिएशनका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, निवार्णा कण्टूी क्लबका अध्यक्ष शशिराम भण्डारी र निवार्णा कण्टूी क्लबकी निर्देशक कल्पना भण्डारीले सयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

Photo By: Upendra Chamling

 

 

 

 

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।