पत्रकार हत्याको बिरोधमा सुनसरकिो ३ स्थानमा प्रदर्शन
- Details
- Category: राजनैतिक समाचार
- Written by AND Nepal
- Hits: 61
धरान, २२ चैत / एभिन्यूज टेलिभिजनमा कार्यरत झापाको बिर्तामोडका पत्रकार यादब पौडेलेका हत्याको बिरोधमा नेपाल पत्रकार महासंघ सुनसरीले बिरोध पर्दशन गरेकाु छ । । नेपाल पत्रकार महासंघ सुनसरीका अगुवाईमा धरान, इनरुवा र इटहरीमा छुट्टा छुट्टै समयमा प्रदर्शन तथा कोण सभा आयोजना गरि हत्यारालाई कारवाहीको माग गरिएको छ ।
Read more: पत्रकार हत्याको बिरोधमा सुनसरकिो ३ स्थानमा प्रदर्शन
आत्मनिर्णय र स्वात्तताका लागि सम्मेलन धरानमा
- Details
- Category: राजनैतिक समाचार
- Written by alopalo
- Hits: 211
धरान /आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार र स्वायत्तताको अभ्याससम्बन्धी अन्तराष्ट्रिय सम्मेलन यही माघ ५, ६ र ७ गते धरानमा हुने भएको छ ।
शान्ति र संविधानकालागि मैनबत्ती प्रज्वलन
- Details
- Category: राजनैतिक समाचार
- Written by AND Nepal
- Hits: 173
सप्तरी ७ असोज÷ शान्ति र संविधानका लागी स्वतन्त्र नागरिकद्धारा आज दिउँसो राजविराजमा मैनबती प्रज्वल गरिएकोे छ । मानवअधिकार सेकडिहुरफ सप्तरीको सहयोग तथा राष्ट्रिय मधेशी महिला अधिकार संरक्षण केन्द्र , मानवअधिकार निगरानी समिति तथा तराई मानवअधिकार रक्षक संजाल सप्तरीको संयुक्त आयोजनामा स्थानीय शिवमन्दिरको प्राङगणबाट मैनबती जुलुस निकालिएको थियो ।
अवको तीन महिनामा सर्वसाधारणले राहत पाएको महशूस गर्ने छन्-डा. वीपी दास उपकुलपति वीपी कोइराला स्वस्थ विज्ञान प्रतिष्ठान
- Details
- Category: राजनैतिक समाचार
- Written by सन्तेष काफ्ले
- Hits: 187
प्राध्यापक डा. बलभद्रप्रसाद दास वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नया उपकुलपतिको रुपमा नियुक्त भएका छन् । २०१६ पुस ७ गते धरमपुर–६ सप्तरीमा जन्मेर गाउकै स्थानीय सरकारी स्कूलबाट अध्ययन सुरु गरेका डा. दास दक्षिण एसियाकै नमूना चिकित्सा विज्ञान अध्ययन, अनुसन्धान र उपचार सेवा दिने मानिएको प्रतिष्ठानको उपकुलपति बन्न सफल भएका छन् ।
महेन्द्र मोरङ विराटनगरबाट आइएस्सी, नालन्दा मेडिकल कलेज पटना भारतबाट एमबीबीएस र अल इण्डिया मेडिकल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेज (एम्स) नयाँ दिल्लीबाट एमडी र सोही इन्स्टिच्यूटबाट सन १९९६ मा क्लिनिकल फर्माकोलोजी विषयमा विद्यावारिधी गरेका डा. दास वीपी प्रतिष्ठान स्थापनाकालमा हाउस अफिसरबाट जागिर सुरु गरेका हुन् । प्रस्तुत छ, उपकुलपति डा. दाससंग सन्तोष काफ्लेले गरेको कुराकानीको छोटो अंशः
कैदीहरुलाई खान र बस्नको समस्या
- Details
- Category: राजनैतिक समाचार
- Written by AND Nepal
- Hits: 157
धनकुटा ७ असोज / जिल्ला कारागार धनकुटामा क्षमता भन्दा बढी कैदी भएपछि कैदीहरुलाई खान बस्न समस्या भएको छ । जिर्ण अवस्थामा रहेको जिल्ला कारागारको क्षमता भन्दा बढी कैदीहरु राखिएका कारण सहज ढंगले खान वस्न नपाएकोे कैदीहरुले गुनासो गरेका छन् । २५ जना क्षमता भएको घ बर्गको जिल्ला कारागार धनकुटामा आजभोलि विभिन्न घटनाको मुद्दा खेप्दै आएका कैदी र थुनुवागरि ४३ जना रहेका छन् ।
तिनीहरु मध्ये ३६ जना पुरुष, ६ जना महिला र एक जना आश्रित बालक रहेका छन् । कैदीहरुमा पुरुष कर्तव्य ज्यान अन्र्तगतको मुद्दा खेपी रहेका सवैभन्दा वढी २२ जना र महिला ३ जना रहेका छन् ।
संवैधानिक उप समितिले गोर्खा भर्ती वन्द गर्न िसफारिस गरे लगतै भूपू सैनिकहरु आन्दोलनमा
- Details
- Category: राजनैतिक समाचार
- Written by सन्तोष काफ्ले, धरान
- Hits: 297
सरकारको व्वस्थापिका संसद अन्तर्गतको अन्राष्ट्रिय सम्बन्ध तथा संवैधानिक उप समितिले गोर्खा भर्ती वन्द गर्न संवैधानिक समितिमा गरेको सिफासिरको विरोधमा धरानमा रहेका गोर्खा भूतपर्व सैनिकहरु आन्दोलित भएका छन् । धरानमा रहेका व्रिटिस , सिंगापुर र भारतीय गोर्खा सैनिकहरुले समितिले विकल्पको व्यवस्था नगरी हचुवाको भरमा गोर्खा भर्ती बन्द गर्न खोजको भन्दै त्यसको विरोधमा उनीहरु आन्दालित भएका हुन ।
Read more: संवैधानिक उप समितिले गोर्खा भर्ती वन्द गर्न िसफारिस गरे लगतै भूपू सैनिकहरु आन्दोलनमा
जनता छल्ने राहत कार्यक्रम - सुजता कोइराला
- Details
- Category: राजनैतिक समाचार
- Written by Dev Raj Rai
- Hits: 176
इटहरी २४ भदौ / नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले सरकारले जनतालाई छल्ने किसिमले राहतको कार्यक्रम ल्याएको बताउनुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवामा आज सञ्चारकर्मीहरुसँग कुरागर्दै उहाले सरकारको नियमति कामलाई राहतको नामदिनु सरकारको गलत रवैया भएको आरोप लगाउनुभयो । राम्रा नारा दिएर मात्र नहुने बताउँनुहुदै नेतृ कोइरालाले प्रधानमन्त्रीले घोषणा गरेका राहतका कार्यक्रम कार्यान्वयन गरेर देखाउन चुनौती दिनुभएको छ ।
दास भए वीपी प्रतिष्ठानको उपकुलपति
- Details
- Category: राजनैतिक समाचार
- Written by Debendra Karki
- Hits: 193
धरान / बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानधरानको उपकुलपति भिसी का लागि प्रतिष्ठानमै निर्देशकको रुपमा कार्यरत प्राडा बलभद्रवीपी दासलाई प्रधानमन्त्रि डा। बाबुराम भट्टराईले आईतबार नियुक्ति गरेका छन् । भीसीका लागि धेरै जानका दौड धुप र चलखेल भए पनि अन्ततः स्वास्थ्य तथा जनसंख्या मन्त्रि राजेन्द्र महतोको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसको आधारमा प्रधानमन्त्रि बाबुराम भट्टराईले आईतबार नियुक्ति दिएका हुन । प्रतिष्ठानको स्थापनाकालदेखी नै कार्यरत प्राडा दास २०६२÷०६३ पछि अस्पताल निर्देशकको रुपमा नियुक्ति भएका थिए । उनी कुशल समन्यकर्ता जनसम्पर्क भएको र विपतिको समयमा साधनश्रॊत जुटाउन सक्ने चिकित्सकको रुपमा पनि चिनिएको प्रतिष्ठान श्रोतले बताएको छ । प्रतिष्ठानमा आएका अप्ठ्यारा समस्याहरुसँग जुध्न सक्ने चिकित्सक भएको र उनले साहसी प्रशासकको छवी बनाएका कारण भीसीमा नियुक्ति पाएका हुन ।
नेकपा माओवादीका नेता महरा हङकङमा
- Details
- Category: राजनैतिक समाचार
- Written by Dev Raj Rai
- Hits: 169
नेकपा माओवादीका शक्तिसाली नेता कृष्णवहादुर महरा ६ सेप्टेम्बरका दिनमा हङकङ आइपुगेका छन् । उनलाई हङकङको नेकपा एमाओवादीका कार्यवाहक पार्टी सचिव जेबी ओख्रावोले स्वागत गरेका थिए ।
माओवादी श्रोतका अनुसार नेता महरा नीजि भ्रमणमा हङकङ आएका जनाएको छ । नेता महरासँगै उनका पुत्र एटम र जीवन गुरुङ समेत रहेका छन् ।
सन् २०११ मा ६६ पत्रकार मारिए
- Details
- Category: राजनैतिक समाचार
- Written by Dev Raj Rai
- Hits: 109
पेरिस, ७ पुस । आमसञ्चार तथा पत्रकारितासम्बन्धी विश्व संस्था आरएसएफले सन् २०११ मा मात्र विश्का कम्तीमा पनि ६६ जना पत्रकार मारिएको तथ्यांक आज सार्वजनिक गरेको छ । विश्वव्यापीरुपमा प्रेस स्वतन्त्रतासम्बन्धी अवस्थाको अनुगमन गर्दै आएको सो संस्थाले विश्वमा गरेको अनुगमनका क्रममा यस वर्ष ६६ जना पत्रकार मारिएको जनाएको हो ।
चिनीया राजदूत धरान आउने
- Details
- Category: राजनैतिक समाचार
- Written by AND Nepal
- Hits: 161
धरान १७ भदौ÷ चिनीया राजदूत योङ हाउलान आगामी २१ गते धरानमा आउनुहुने भएको छ । धरान नगरपालिका, नेपाल चीन जनमैत्री संघ र नेपाल पत्रकार महासंघ सुनसरीको संयुक्त निमण्त्रणामा राजदूत हाउलान धरान आउनुहुने भएको हो ।
वीपी प्रतिष्ठान उपकुलपति विहिन
- Details
- Category: राजनैतिक समाचार
- Written by सन्तोष काफ्ले, धरान
- Hits: 138
सन्तोष काफ्ले / धरान
विभागीय मन्त्रीको सिफारिसमा आफूले चाहेको व्यक्तिको नाम समावेश नभएपछि मुलुककै सबैभन्दा ठूलो अस्पताल विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपकुलपति विहिन भएको छ । प्रधानमन्त्री र स्वास्थ्य मन्त्री बिच आपसी समझदारी नहुँदा प्रतिष्ठानमा उपकुलपति नियुक्त हुन नसके पछि २ दिनदेखि प्रतिष्ठान उपकुलपति विहिन बनेको हो ।
द्धन्द प्रभावित,वातावरण न्यूनिकरण
- Details
- Category: राजनैतिक समाचार
- Written by AND Nepal
- Hits: 140
धनकुटा १६ भदौ / द्वन्द्व प्रभावित वातावरण न्यूनिकरणका लागि पत्रकार अनुशिक्षण सम्बन्धि २ दिने तालिम आजदेखि धनकुटामा शुरु भएको छ ।
नेपाल पत्रकार महासंघ धनकुटा र सामुदायिक विकासका लागि संचार नेपाल धनकुटाको आयोजनामा तालिम शुरु भएको हो । तालिममा दशबर्षे शसस्त्र द्धन्द्धलाई न्युनिकरण गर्न पत्रकारहरुले खेल्नुपर्ने भुमिकाको विषयमा छलफल भईरहेको छ ।
दलितहरुलाई समानुपातिक
- Details
- Category: राजनैतिक समाचार
- Written by AND Nepal
- Hits: 130
मोरङ १७ मङ्सिर / शिक्षामा सबैभन्दा पछाडि परेका दलित समुदायलाई समानुपातिक रूपले समावेशीकरण गर्न दलित अधिकारकर्मीहरुले अभियान थालेका छन् । दलित अधिकारको क्षेत्रमा कामगर्दै आएका मानवअधिकारका लागि स्रोत विकास केन्द्र (रिडेफ) नेपालले मोरङमा रहेका सबै विद्यालयका स्रोत केन्द्रहरूमा सरोकारवालासँग अन्तक्र्रियागर्दै दलितलाई समानुपातिक रूपले सहभागी गराउन आग्रह गरेको छ ।
आज देशभर एकघण्टा चक्काजाम
- Details
- Category: राजनैतिक समाचार
- Written by AND Nepal
- Hits: 155
इटहरी १६ भदौ / लडाकुका हतियारहरु राखिएको कन्टेनरको साँचो सेना समायोजन विषेश समितिलाई बुझाएको विरुद्धमा एकिकृत नेकपा मावोवादीका उपाध्यक्ष मोहन बैद्य समुहले आज विहान देशभर एक घण्टा जक्काजाम गरेको छ ।
नेपली मुस्लिम समुदायहरुलाई गैह्र नेपाली बनाए सडकमा उत्रिने
- Details
- Category: राजनैतिक समाचार
- Written by सन्तोष काफ्ले, धरान
- Hits: 147
सन्तोष काफ्ले, धरान
मुस्लिम समूदायहरुलाई कुनै पनि पार्टीले गैर नेपाली बनाउने प्रयत्न गरेमा सडकसम्म उत्रिने नेपाली काग्रेस निकट मुस्लिम संघ नेपालका केन्द्रीय अध्यक्ष अब्दुल सत्तारले चेतावनी दिएका छन् ।
Read more: नेपली मुस्लिम समुदायहरुलाई गैह्र नेपाली बनाए सडकमा उत्रिने
पत्रकारहरुको सुरक्षा माग
- Details
- Category: राजनैतिक समाचार
- Written by AND Nepal
- Hits: 159
धनकुटा १३ भदौ / पत्रकारहरु दिन प्रतिदिन असुरक्षित बन्दै गएकाले सुरक्षाको माग गर्दै धनकुटाका पत्रकारहरुले क्षेत्रीय प्रशासक मार्फत सरकारलाई ज्ञापन पत्र पठाएका छन् ।
माइग्रेण्ट फोरम इन एशिया (एम एफ ए) को सातौं सम्मेलन सम्पन्न
- Details
- Category: राजनैतिक समाचार
- Written by AND Nepal
- Hits: 192
एशियामा नेतृत्वदायी भूमिका खेलिरहेको आप्रवासी कामदारहरुको मञ्च माइग्रेण्ट फोरम इन एशिया (एम एफ ए) को सातौं सम्मेलन अक्टोबर २७ र २८, २०११ मा फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको छ । विगत लामो समय देखि एशियाली आप्रवासी कामदारहरुको हक अधिकारको लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रि«य मञ्चहरुमा सक्रिय भूमिका निभाउंदै आएको एम एफ ए आप्रवासी मजदुरहरुको पक्षमा वकालत गर्ने एशिया कै प्रमुख संस्था मानिएको छ । अन्तर्राष्टिय श्रम संगठन (आई एल ओ), राष्ट्र संघिय समिति (यू एन कमिटी) बैठकमा समेत प्रवेश पाउने यो संस्था अन्तर्राष्ट्रिय आप्रवासी अधिकार (माइग्रेण्ट राइट्स् ईन्टरनेशनल एम आर आई) को एशियाली साझेदार समेत हो ।
Read more: माइग्रेण्ट फोरम इन एशिया (एम एफ ए) को सातौं सम्मेलन सम्पन्न
हिंसात्मक दुर्घटनाबाट जोगिन पत्रकार आफै चनाखो हुनुपर्ने
- Details
- Category: राजनैतिक समाचार
- Written by AND Nepal
- Hits: 273
धरान असार २५ / वरिष्ठ पत्रकार किशोर नेपालले देश सरकार बिहिनताको अवस्थाबाट गुज्रीरहेकाले विभिन्न किसिमका हिंसात्मक दुर्घटनाबाट जोगिन पत्रकार आफै चनाखो हुनुपर्ने बताउनु भएको छ ।
Read more: हिंसात्मक दुर्घटनाबाट जोगिन पत्रकार आफै चनाखो हुनुपर्ने
मंसिर १४ गतेभित्र नयाँ संविधानको मस्यौदा आउन नसक्ने- खनाल
- Details
- Category: राजनैतिक समाचार
- Written by AND Nepal
- Hits: 170
धनकुटा ३० कार्तिक / नेकपा एमाले अध्यक्ष झलनाथ खनालले मंसीर १४ गतेभित्र नयाँ संविधानको मस्यौदा आउन नसक्ने बताउँनुभएको छ ।
प्रेस चौतारी नेपाल धनकुटाले आज विहान धनकुटामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खनालले राज्य पुर्नसंरचना, राज्यको शासकिय स्वरुप लगायतका काम बाँकी नै रहेकाले आगामी मंसीर १४ भित्र नयाँ संविधानको मस्यौदा आउन नसक्ने बताउँनुभएको हो ।
Read more: मंसिर १४ गतेभित्र नयाँ संविधानको मस्यौदा आउन नसक्ने- खनाल
प्रेस स्वतन्त्रता र सुरक्षाप्रति ५ बुँदे प्रतिवद्धता
- Details
- Category: राजनैतिक समाचार
- Written by AND Nepal
- Hits: 263
धरान २२ असार / धरानका राजनीतिक दलहरुले प्रेस स्वतन्त्रता र सुरक्षाप्रति हिजो ५ बुँदे प्रतिबद्धतामा समर्थन जनाएका छन् ।
नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा पत्रिका जलाएको विरोध स्वरुप हिजो निकालेको मौन जुलुसको कोणसभामा राजनीतिक दलहरुले समर्थन जनाएका हुन् । जनसरोकार मञ्च धरानले आफ्नो अनुकुल समाचार नलेखेको भन्दै ५ दिनअघि धरानबाट प्रकाशित फास्ट टाइम्स र मर्निङ टाइम्स दैनिकलाई जलाएका थिए ।
Read more: प्रेस स्वतन्त्रता र सुरक्षाप्रति ५ बुँदे प्रतिवद्धता

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.







