धरान ८ समाज हङकङको आठौं वार्षिक उत्सव
धरान ८ समाज हङकङ स्थापनाको पाँचौ वार्षिक उत्सव विविध कार्यक्रम सहित ७ जनवरीको दिन इण्डियन क्लवमा सम्पन्न भएको छ । आत्मीय भाइचारा अभिवृद्धि गर्ने अभिप्रायले आयोजना भएको कार्यक्रममा धरानका विभिन्न क्षेत्रबाट हङकङ आई कार्यरत नेपालीहरुको उपस्थितिमा पाँचौ वर्षगाठ सम्पन्न भएको थियो ।
धरानका अन्य वडाहरुलाई समेत संगठित भई सक्दो धरानलाई सहयोग गर्न आह्वान सहित आयोजित कार्यक्रममा धरान हङकङ मञ्चका अध्यक्ष बुद्धिमान सुनुवार प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।
समाजका अध्यक्ष सन्तोष पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धीरज लिम्बू र धर्मराज मगरले औपचारिक कार्यक्रमको संचालन गरेका थिए । धरान ८ समाजका उपाध्यक्ष शमसेर लिम्बूले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रमुख अतिथि बुद्धिमान सुनुवार, अतिथिहरु धरान १७का राजु राई, हङकङ नेपाली महासंघका उपाध्यक्ष विष्णु पाख्रिन लगायतका व्यक्तिहरु शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विविध मनोरञ्जन सहित रात्रिभोजको आयोजना गरिएको थियो ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.








