हङकङेली नेपाली विधार्थी, अभिभावकहरुको चीन भ्रमण
पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलमा अध्ययन गरिरहेका विधार्थीहरु एवं नेपाली अभिभावकहरुले ग्वाङ प्रोभिन्सको उत्तरी क्षेत्रहरुका गाउँहरुमा अध्ययन गरिरहेका गरीब तथा असाहय विधार्थीहरुको अवस्था एवं उनीहरुलाई सहयोग गर्न मार्च १८ देखि २० तारिखसम्म त्यस क्षेत्रको अध्ययन भ्रमण गरे ।
लिन नाम र चिनयुत शहर आसपासका गाउँहरुमा रहेका विद्यालयहरुमा भएको भ्रमणमा ३५ जना नेपाली विधाथीहरु र तिनका अभिभावकहरु यात्रामा संलग्न थिए । शिक्षा विभागको सहयोगमा स्कुलले आयोजना गरेको भ्रमण कार्यक्रमलाई चुङ फाउण्डेशनले संयोजन गरेको थियो ।
विद्यालयहरुको भ्रमणमा त्यहा रहेका विधर्थीहरुलाई नेपालीहरुले लत्ताकपडा, स्नेशनरी तथा खानेकुरा समेत वितरण गरेका थिए । भ्रमणमा रहेका तमू प्ये ल्हुसँघका सचिव मनहादुर गुरुङ भने –¨नेपाली विधार्थीहरुले चिनीया विधार्थीको वास्तविक अवस्था जान्ने अवसर पाएका छन् । अभिभावकहरुले पनि आफ्ना नानीहरुलाई मानवीय सहयोग गर्न उत्प्रेरण दिन सकेका छन् ।¨ उनले नेपालमा पनि बालबालिकाहरुमा ठूलो समस्या भएको । समाधान र सहयोगकालागि सहयोग गर्न चुङ फाउण्डेशनलाई अनुरोध गरेका थिए ।
हरेक वर्ष आयोजना हुदैं आएको यो भ्रमणमा नेपाली विधार्थीहरुले संकलन गरेका रकमहरुले त्यहाँ रहेका विधार्थीहरुलाई अध्ययनमा सहयोग गर्न स्टेशनरी, स्कुले झोला लगायतका सरसामानहरु उपलब्ध गराएका थिए ।
प्रधानध्यापक, शिक्षक एवं अभिभावक सहित त्यहाँ पुगेका नेपाली विधार्थीहरुले होम भिजिट समेत गरेका थिए ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.








