alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

पुर्खादिवस २०१२ भव्यरुपमा सम्पन्न

हङकङ । अप्रेल ५, २०१२

पुखाले गरेको योगदानलाई सम्झदैं अप्रेल ५ तारिख हङकङमा पुर्खादिवस सम्पन्न भएको छ । गोर्खा सिमेट्री ट्रष्टकोको आयोजनमा बृहत नेपालीहरुको सहभागितामा पुर्खादिवस भव्यरुपमा सम्पन्न भएको हो ।

Read more: पुर्खादिवस २०१२ भव्यरुपमा सम्पन्न

धरान ८ समाज हङकङको आठौं वार्षिक उत्सव

धरान ८ समाज हङकङ स्थापनाको पाँचौ वार्षिक उत्सव विविध कार्यक्रम सहित ७ जनवरीको दिन इण्डियन क्लवमा सम्पन्न भएको छ । आत्मीय भाइचारा अभिवृद्धि गर्ने अभिप्रायले आयोजना भएको कार्यक्रममा धरानका विभिन्न क्षेत्रबाट हङकङ आई कार्यरत नेपालीहरुको उपस्थितिमा पाँचौ वर्षगाठ सम्पन्न भएको थियो ।

Read more: धरान ८ समाज हङकङको आठौं वार्षिक उत्सव

हङकङमा फोटो पत्रकारिता तालिम सम्पन्न

हङकङमा रहेका फोटो पत्रकारहरुको दक्षता विकासकालागि १ हप्ते फोटो पत्रकारिता तालिम ११ जुलाईका दिन सम्पन्न भयो । नेपाल पत्रकार संघ हङकङको आयोजनामा नेपालका चर्चित फोटोपत्रकार एवं प्रशिक्षक विकास रौनियारले २७ जना पत्रकार एवं फोटो पत्रकारहरुलाई ६ दिने फोटो पत्रकारिता सम्बन्धि तालिम प्रदान गरेका थिए ।

Read more: हङकङमा फोटो पत्रकारिता तालिम सम्पन्न

चारभञ्जाङ समाज हङकङका शुभकामना आदनप्रदान कार्यक्रम

नेपाली चाड ल्होछारको उपलक्ष्यमा चार भञ्ज्याङ समाज हङकङले हङकङका विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुलाई लक्षित गरी ७ जनवरीका दिन इण्डियन क्लवमा एक शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गर्यो ।

Read more: चारभञ्जाङ समाज हङकङका शुभकामना आदनप्रदान कार्यक्रम

अन्तर्राष्ट्रिय श्रम संगठनको १८९औं महासन्धी ः घरेलु कामदारहरुको महासन्धी

हङकङको नेपाली संस्थाहरु मध्येमा सबैभन्दा जेठो संस्था फियोना विशेषगरी श्रम सम्बन्धि गतिविधिहरुमा प्रत्यक्ष संलग्न हुने गरेको छ । यसपालि अन्तराष्ट्रिय श्रम संगठनले महत्पूर्ण निर्णय गर्यो जो विश्वभरका घरेलुकामदारहरुको पक्षमा भएको थियो ।  आईएलओले पारित गरेको यस महत्पूर्ण निर्णयलाई श्रमसंगठनहरुले एक महत्वपूर्ण विजयको रुपमा लिएका छन् ।

Read more: अन्तर्राष्ट्रिय श्रम संगठनको १८९औं महासन्धी ः घरेलु कामदारहरुको महासन्धी

हङकङमा नेपाली सप्ताह २०११ शुभारम्भ

हङकङमा नेपाली भाषा, साहित्य र संस्कृतिको बलियो आधार स्तम्भ तयार पार्नकानिम्ति हङकङ नेपाली कला मन्दिरले वर्षेनी आयोजना गर्दै आएको ‘नेपाली भाषा साहित्य संस्कृति सप्ताह २०११’ कार्यक्रमको भव्यरुपमा शुभारम्भ भएको छ ।

Read more: हङकङमा नेपाली सप्ताह २०११ शुभारम्भ

कोरियामा सुनसरी कोरिया हेल्पिङ हेन्ड नामक एक समिति गठन

इनरुवा , असार २ गते । सुनसरीवाट वैदेशिक रोजगारकालागि कोरिया गएका युवाहरुको त्याहाँ भएको भेलावाट सुनसरी करिया हेल्पिङ हेन्ड नामक एक समितिगठन गरिएको छ । भेलावाट रवि श्रेष्ठको अध्यक्षतामा सदस्य  समिति गठन गरिएको हो । सो समितिको सदस्य सचिवमा किशोर मास्के चयन हुनुभएको छ ।

Read more: कोरियामा सुनसरी कोरिया हेल्पिङ हेन्ड नामक एक समिति गठन

हङकङमा तमू सांस्कृतिक साँझ दोश्रो सम्पन्न

तमू प्ये ल्हु संघ हङकङको आयोजनामा तमू साँस्कृतिक साँझ दोश्रो विशुद्ध नेपाली साँस्कृतिक प्रस्तुतिहरु सहित युनलङ थियटरमा सम्पन्न भयो ।
नोभेम्बर २७ तारिखका दिन सम्पन्न भएको कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका शर्मिला गुरुङ, लोक दोहोरी गायक रामजी खाँड एवं तमु प्ये ल्हु संघ पोखरा एवं हङकङका कलाकारहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

Read more: हङकङमा तमू सांस्कृतिक साँझ दोश्रो सम्पन्न

ताप्लेजुङ समाज हङकङमा लक्ष्मी श्रेष्ठ

ताप्लेजुङ समाजको चौथो अधिवेशनले लक्ष्मी श्रेष्ठको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । जोर्डनको याक एण्ड यति रेष्टुरेण्टमा १२ जुनकादिन सम्पन्न भएको अधिवेशनमा ताप्लेजुङबाट हङकङ आई विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको उपस्थिति रहेको थियो ।
नयाँ कार्य समितिको उपाध्यक्षमा गीता पालुङ्वा, सचिवमा सञ्जय तुम्बाहाम्फे, सहसचिवमा नारायण वनेम, कोषाध्यक्षमा लोकराज आङबुहाङ निर्विरोध चयन भएका छन् । समितिका कार्य समिति सदस्यहरुमा शरणकुमार राई, रुद्र नाल्बो, भिमप्रताप तुम्बाहाम्फे, यात्रा लिम्बू, सन्तोष तामाङ चयन भएका छन् । सदस्यको तीन पद रिक्त रहेको छ । रिक्त पदमा नव कार्य समितिले सदस्यहरु नियुक्त गर्ने अध्यक्ष लक्ष्मी श्रेष्ठले जनाएका छन् ।

Read more: ताप्लेजुङ समाज हङकङमा लक्ष्मी श्रेष्ठ

संसारलाई बदल्नु छ, सुरु आफैबाट गर्नुछ,

सन्तोष काफ्ले ,धरान
संसारलाई बदल्नु छ, सुरु आफैबाट गर्नुछ, भन्ने मूल नारा लिएर अघि बढेको मनोक्रान्तिले धरानमा शाखामा समेत नयाँ पद्धतीहरु सुरु गरेको छ ।
आज धरानमा पत्रकार सम्मेलन गरी नयाँ पद्धतीहरु सुरु गरेको जानकारी दिएको छ । सम्मेलनमा दिएको जानकारी अनुसार सुपरलनिंग, माइन्डटेक्नोलोजी, बैज्ञानिक योगहरु सुरु गरिएको छ । विगतमा रेकी प्रथम, द्धितीयहरु दिदै आएको भए पनि धरानको मानिसहरुलाई ध्यानमा राखी सुरु गरिएको साधक ज्ञानंले बताउनु भयो । उहाले भविश्यमै आगोमा हिड्ने पद्धतीसमेत लिएर आउने बताउनु भयो ।

Read more: संसारलाई बदल्नु छ, सुरु आफैबाट गर्नुछ,

हङकङ इन्टरनेशनल ट्राभल एक्स्पोमा नेपाल

हङकङ, जेष्ठ २८ - पर्यटन वर्ष २०११ मा एकलाख पर्यटक भित्रयाउने लक्ष्य राखिएको चीनबाट पहिलो पाँच महिनामा १४ हजार ९ सय ७८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या हवाई मार्गबाट आउने पर्यटकहरुको मात्र हो । यद्यपि अघिल्लो वर्ष सोही अवधिमा नेपाल भित्रेका पर्यटकहरु मध्ये उक्त संख्या ३३ प्रतिशतले बढी हो ।

Read more: हङकङ इन्टरनेशनल ट्राभल एक्स्पोमा नेपाल

मकाउमा पहिलोपटक नेपाली खबरपत्रिका

मकाउ–,मकाउबासी नेपालीहरूले पहिलोपटक नेपाली खबरपत्रिका प्रकाशन गरेका छन् । ‘गन्तव्य मकाउ’ नामक वार्षिक खबरपत्रिकाको आइतबार हङकङका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्यायले विमोचन गरेका हुन् । लेखन र अध्ययनमा रुचि राख्ने केही युवाहरूका सकृयतामा करिब एक वर्षको तयारीपछि पत्रिकाले मुर्तरुप पाएको हो ।

Read more: मकाउमा पहिलोपटक नेपाली खबरपत्रिका

एनआरएन हङकङमा दुर्गा गुरुङ

गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङको तेश्रो अधिवशेनले दुर्गाहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । मे २९ तारिख आइतबारका दिन मेरिनर्स क्लवमा आयोजि अधिवेशनमा एनएआरएन अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसीका अध्यक्ष देवमान हिराचनले उद्घाटन गर्नु भएको थियो ।

Read more: एनआरएन हङकङमा दुर्गा गुरुङ

हङकङमा च्याम्बर र एनआरएनको दसैं विशेष कार्यक्रम

आँगनमा आइपुगेको दसैंले हङकङेली नेपालीहरुलाई पनि झपक्कै छोपेको छ । नेपालको गाउँघरको सम्झना गर्दै नेपालीहरु शुभकामना आदनप्रदान गर्ने सानाठूला कार्यक्रमहरु यहाँका विभिन्न ठाउँहरुमा आयोजना गरिरहेका छन् ।

यसै बीचमा गैर आवसीय नेपाली संघ हङकङ (एनआरएन एचके) र नेपाल च्याम्बर अफ कमर्श हङकङले सेप्टेम्बर ३० तारिख शुक्रबार साँझ दसैं विशेष शुभकामना आदनप्रदान कार्यक्रम नेपालीहरुको बाक्लो वस्ती रहेको जोर्डनको कंगन रेष्टुरेण्टमा आयोजना गरिएको थियो ।

Read more: हङकङमा च्याम्बर र एनआरएनको दसैं विशेष कार्यक्रम

हेवेन्लिापाथको चित्रकला प्रतियोगिता, बालविकास परियोजनाको समापन

हेवेन्लिपाथ हङकङले बाल अधिकार सम्बन्धि जनचेतना अभिवृद्धि गर्दै ललित कलाको आर्ट पेन्टिङ विधा सम्बन्धिको ६ महिने चित्रकला कक्षाको समापन गरेको छ ।

Read more: हेवेन्लिापाथको चित्रकला प्रतियोगिता, बालविकास परियोजनाको समापन

प्रथम प्र्रेमवादी अन्र्तराष्ट्रिय सम्मेलन आगामी २४ गते धरानमा हुने

धरान भदौ २२ // हेभेन्ली निर्वाणा पाथ नेपालको आयोजनामा ऐतिहासिक प्रथम प्र्रेमवादी अन्र्तराष्ट्रिय सम्मेलन आगामी २४ गते धरानमा हुने भएको छ ।  हिजो पत्रकार सम्मेलन गरी धरान १८ स्थित डिपो उच्च माविको खेल मैदानमा सम्मेलन हुने आयोजकले जानकारी गराएको हो । सम्मेलनमा भुटान, हङकङ, बेलायत, बु्रनाई, सिंगापुर, अमेरिका लगायतका प्रतिनिधीहरु सहभागी रहने हेभेन्ली पाथ युवा नेपालका महासचिव ए.एच कमलले बताउनुभयो ।

Read more: प्रथम प्र्रेमवादी अन्र्तराष्ट्रिय सम्मेलन आगामी २४ गते धरानमा हुने

अन्तर्राष्ट्रिय सांस्कृतिक मेलामा नेपाल

बेइजिङ / नेपालसहित विश्वका करिब ५० देशको सहभागिता रहेको एक दिवसीय अन्तर्राष्ट्रिय सांस्कृतिक मेला बुधबार बेइजिङमा सम्पन्न भएको छ । चीन र नेपालसहित विश्वका ६० देशका १७ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने बेइजिङ विज्ञान तथा प्रविधि विश्वविद्यालयमा बुधबार आयोजित मेलामा विभिन्न देशको फोटो प्रदर्शन गरिनाका साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । मेलाका अवसरमा विभिन्न देशले छुट्टाछुट्टै प्रदर्शनीकक्षबाट आ-आफ्ना मुलुकको कला संस्कृति वेशभूषा खाना रहनसहनलगायतका बारेमा जानकारी दिए ।

Read more: अन्तर्राष्ट्रिय सांस्कृतिक मेलामा नेपाल

नेपाल एयरलाइन्समा मुसा भेटिए पछि ...

तपाई कल्पना गर्नुहोस् नेपालको राष्ट्रिय ध्वजा बाहक नेपाल एयरलाइन्समा मुसा सुटुक्कै भेटिए के हुन सक्ला ? सेप्टेम्बर ६ तारिख हङकङ एयरपोर्टमा अवतरण भएको नेपाल एयरल्याइन्समा मुसा देखा परे पछि मुसा आतंक भएको छ । जसका कारण उडान रद्द भयो र नेपाललाई लाखौ क्षति भएको छ ।

Read more: नेपाल एयरलाइन्समा मुसा भेटिए पछि ...

तमू प्ये ल्हुको आठौं वार्षिकोउत्सव

 

तमू प्ये ल्हु संघ हङकङले आफ्नो आठौं वार्षिकउत्सव गत मे  ८ तारिख ताइमोशान कन्ट्रीपार्कमा भेटघाट कार्यक्रम सहित भव्यरुपमा सम्पन्न गरेको छ ।

Read more: तमू प्ये ल्हुको आठौं वार्षिकोउत्सव

नेपाली खेलाडी कोरियाको राष्ट्रिय स्तरको भलिबल खेलमा सहभागी

धरान/ कोरियामा नेपालीमाझ चर्चित भलिबल खेलाडी उमेश बस्नेतलाई कोरियाको एक प्रतिष्ठित भलिबल क्लबले छनौट गरेको छ । उनले कोरियाको राष्ट्रिय स्तरको ‘बी’ डिभिजन टिमबाट खेल्ने अवसर पाएका छन् । कोरियामा हुने प्रवासी भलिबल प्रतियोगितामा नेपालको तर्फबाट क्याप्टेनको भूमिका निर्वाह गर्दै आएका बस्नेत नेपालीहरुमाझ राम्रा खेलाडीको उपमा पाएका भलिबल खेलाडी हुन् । उनकै योगदानले नेपाली भलिबल टिमलाई पटक–पटक विजयको हकदार बनाएको स्मरणीय छ । यसले अन्तर्राष्ट्रिय खेल जगत्मा नेपाली खेलाडीको लागि ठूलो अवसरमात्र दिएको छैन, नेपाली खेल क्षेत्रको अवस्था देखेर चिन्तित नेपालीहरुमा आशाको किरण पनि जगाएको छ । 
जुन १९ मा कोरियाको राजधानी सौलमा सम्पन्न १० टिमको सहभागिता रहेको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपालले उत्कृष्ठ खेल प्रदर्शन गर्दाको प्रतिफल टिम क्याप्टेन उमेश बस्नेतको लागि आफ्नो खेल जीवनकै नयाा खुट्किलो साबित भएको छ । अगष्ट १२ देखि सुरु भएको ‘छाङ्गुक धेवाई ओपन गेम’ मा अहिले नेपाली खेलाडी बस्नेतले सहभागिता जनाइरहेका छन् । ४६ टिमको सहभागिता रहेको सो राष्ट्रिय स्तरको ‘बी’ डिभिजन खेल अगष्ट १६ तारिखसम्म खाउन्दोको हुङछन नामचङगामा हुनेछ ।
खोटाङमा जन्मेर सप्तरीको फत्तेपुर बस्दै आएका बस्नेत नेपालमा रहादा राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा उत्कृष्ठ खेल प्रदर्शन गर्थे । नेपालमा आत्मनिर्भरताका लागि खेलाडीहरुलाई राज्यले कुनै अवसर दिन नसकेपछि रोजगारीका लागि उनी ७/८ वर्षदेखि कोरियामा बस्दै आएका छन् ।

 

हङकङमा बुद्ध जयन्ती नेपाल पर्यटन वर्षको प्रचार र शान्ति पदयात्रा

तमू ट्यु ह्युल हङकङले बुद्ध जयन्ती २५५५ भव्य रुपमा मनाएको छ । मंगलबार मे १० तारिख दिन सम्पन्न भएको कार्यक्रमममा नेपाल पर्यटन वर्ष २०११ लाई प्रचार प्रशार समेत गरेको छ । 

Read more: हङकङमा बुद्ध जयन्ती नेपाल पर्यटन वर्षको प्रचार र शान्ति पदयात्रा

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।