alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

पूर्वाञ्चल नेपालका समाचारहरु

User Rating:  / 0
PoorBest 

एसएलसी परीक्षाः
धनकुटा ९ चैत्र÷ यसवर्षको एसएलसी परीक्षामा पूर्वाञ्चल विकास क्षेत्रबाट १ लाख ९ हजार २ सय ५६ जना बिद्यार्थीहरु सामेल हुने भएका छन् ।
एसएलसी परीक्षामा नियमित तर्फ ९४ हजार ५ सय ७३ जना र एक्जामटेडतर्फ १४ हजार ६ सय ८३ जना विद्यार्थी सामेल हुने क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाले जनाएको छ ।

एसएलसी परीक्षामा सवैभन्दा वढी मोरङ्ग जिल्लावाट १७ हजार ७९ जना सहभागी हुने भएका छन् । पाँचथर जिल्लावाट ४ हजार ९ सय ४७ जना, ताप्लेजुङ्ग जिल्लावाट ३ हजार २ सय ७९ जना, इलाम जिल्लावाट ६ हजार २ सय ६१ जना, झापा जिल्लाबाट १६ हजार १ सय ४० जना, संखुवासभा जिल्लावाट २ हजार ६ सय सरसठि६७ जना, तेह्थुम जिल्लावाट २ हजार ३ सय ३७ जना परिक्षामा सामेल हुने क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका शाखा अधिकृत दिपक श्रेष्ठले बताउनुभयो ।

पूर्वाञ्चलमा यसवर्ष ३ सय ९९ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । पूर्वाञ्चलका १६ वटा जिल्लाका १ हजार ६ सय ३६ वटा विद्यालयवाट सहभागी हुने क्षेत्रिय शिक्षा निर्देशनालयले जनाएको छ ।   यसैबिच, भोलिदेखि संचालन हुने एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालय धनकुटाले जनाएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार परीक्षालाई मर्यादित र अनुशासित रुपमा संचालन गर्नकालागि परीक्षा केन्द्रको सुरक्षा व्यवस्था तथा केन्द्राध्यक्षहरु परीक्षा केन्द्र पुगी सकेका छन् ।

जिल्ला शिक्षा कार्यालय धनकुटाका अनुसार यस वर्ष धनकुटा जिल्लामा १९ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । गत वर्ष १७ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्ष आहाले र मार्गा परिक्षा केन्द्र थपिएको छ ।

यसवर्षको एसएलसी परिक्षामा धनकुटा जिल्लावाट २ हजार ७ सय ९३ जना नियमित र १ हजार १ सय ३४ जना एक्जामटेड गरी जम्मा ३ हजार ९ सय २७ जना विद्यार्थीहरु परिक्षामा सामेल हुने जिल्ला शिक्षा कार्यालय धनकुटाका जिल्ला शिक्षा अधिकारी झुमप्रसाद राईले बताउँनु भयो ।

पत्रकार महासंघका अध्यक्ष पुस्तक वितरणमा

इटहरी ९ चैत्र÷  नेपाल पत्रकार महासंघका अध्यक्ष धर्वेन्द्र झाले असाहय आश्रममा रहेका बालबालिका भोलीको नेतृत्व भएकोले संरक्षणको आवश्यकता रहेको बताउनुभएको छ । पुस्तक दिशवको अवसर पारेर पुस्तक तथा स्टेसनरी व्यवासायी संघ इटहरीले आज आयोजना गरेको पुस्तक वितरण कार्यक्रममा बोल्दै अध्यक्ष झाले यस्तो बताउनुभएको हो । उहाँले सामान्य कमाइको केही अंश असाहय वालबालिकाहरुको नाममा छुट्याउने हो भने उनिहरुलाई केहि सेवा हुने समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै निःसाहय बालबालिका सेवा आश्रम इटहरीका गीता गौतमले सबै क्षेत्रको  योगदानका कारण आजसम्म असाहय वालबालिकाहरुलाई सहाय प्रदान भइरहेको बताउनुभयो । कार्यक्रममा आश्रममा रहेको बालबालिकाहरुले आफन्तले तिरस्कार गरेका, आमा बुबाले भूल गरेका हामी, भन्ने गीतबाट स्वागत गरका थिए । २० हजार बराबरको पुस्तक समेत निःसाहय बालबालिका सेवा आश्रम इटहरीलाई प्रदान गरिएको बताइएको छ ।

प्रेस युनियनको सातौं महाधिवेशन

इटहरी ९ चैत÷  किरण पोखरेलको अध्यक्षमा ६१ सदसीय नया“ कार्य समिति चयन गर्दै नेपाल प्रेस युनियनको सातौं महाधिवेशन आज सम्पन्न भएको छ ।
सुनसरीको इटहरीमा भएको यूनियनको महाधिवेसनवाट वरिष्ठ उपाध्यक्षमा बद्री सिग्देल, द्वितिय उपाध्यक्षमा गंगाधर पराजुली, तृतिय उपाध्यक्षमा हेमन्त काफ्ले, महिला उपाध्यक्षमा अनिता विन्दु निर्वाचित हुनुभएको छ ।

त्यसैगरी महासचिवमा शिव लम्साल, उपमहासचिवमा विजय सन्तोषी राई र बाला अधिकारी तथा कोषाध्यक्षमा ईश्वरी ओझा निर्वाचित हुनुभएको छ । कार्य समितिको सचिवमा सन्तोष न्यौपाने र भुवन भट्ट निर्वाचित हुनु भएको छ ।
त्यस्तै महाधिवेशनवाट पूर्वाञ्चलका लागि शेखर रेग्मी, मध्यमाञ्चलका लागि दिपक आचार्य, बाग्मतीका लागि होम लम्साल, पश्चिमाञ्चलका लागि रमेश पौड्याल, मध्य पश्चिमाञ्चलका लागि युवराज श्रेष्ठ र सुदुर पश्चिमका लागि भिष्म ओझा निर्वाचित हुनुभएको छ ।
अध्यक्षमा निर्वाचित भएसगै पोख्रेलले युनियन भित्र रहेको बेकामे पत्रकारहरुको विरुद्ध अभियान चलाउने समेत बताउनु भएको छ ।

वनक्षेत्रमा तिव्र अतिक्रमण

विराटनगर चैत्र ९÷ संरक्षणमुखि योजना नहुँदा पुर्वाञ्चलको नौं जिल्लामा वन क्षेत्र तिव्र अतिक्रमण भएको पुर्वाञ्चल क्षेत्रीय वन निर्देशनालय विराटनगरले जनाएको छ ।
पुर्वाञ्चलको नौ जिल्लामा १२ हजार ५ सय हेक्टर भन्दा बढी भु–भाग अतिक्रमणमा परेको निर्देशनालयले जनाएको हो । वन संरक्षण तथा विकासका लागि आगामी बर्षको कार्ययोजना तर्जुमा गर्ने क्रममा आज पुर्वाञ्चल क्षेत्रका वन निर्देशक ब्रजकिशोर यादवले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा वन अतिक्रमण बढेको उल्लेख गरिएको छ ।

निर्देशक यादवले पछिल्लो समयमा अतिक्रमीत क्षेत्र अझै विस्तार भएको जानकारी गराउनुभएको छ । पुर्वाञ्चलको मोरङ, झापा, उदयपुरमा बढी अतिक्रमण भएको बताइएको छ । यस्तै इलाम, सुनसरी, सप्तरी, सिराहा, धनकुटा र भोजपुरमा पनि व्यापक वन क्षेत्र अतिक्रमण भएको कार्यालयले जनाएको छ ।

क्लव, सार्वजनीक संस्था, मन्दिर, वा धार्मिक संगठनको नामबाट अत्याधीक मात्रामा वन अतिक्रमण भइरहेको र कतिपय स्थानमा भुमिहिन सुकुम्वासी र व्यापार व्यवसायको नाममा वन क्षेत्र अतिक्रमण भएको यादवले बताउनुभयो ।

कार्ययोजना तर्जुमा गोष्ठीमा वन विकास तथा संरक्षणकालागि चुरे संरक्षण कार्यक्रममा तदारुकता देखाइनु पर्ने, क्षमताभन्दा वढी ढुंगा गिटी र बालुवा निकासीमा रोक लगाइनु पर्ने, धार्मिक वन तथा कबुलियती बनको बिषयमा पुनरावलोकन गर्नुपर्ने, भु संरक्षण कार्यालय र जिल्ला वन कार्यालयबीच तालमेल हुने गरी योजना वनाइनु पर्ने, वन संगठनलाई मजबुद बनाइनु पर्ने तथा वन ऐनलाई समयानुकुल परिमार्जन गर्नुपर्ने लगायतका सुझाव दिइएको थियो ।

पत्रकारिता पुरस्कार
दमक चैत ९ / यस वर्षको दमक नगरपालिका पत्रकारिता पुरस्कार दमकका दुईजना पत्रकारलाई प्रदान गरिएको छ ।
दमक नगरपालिका क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेवापत दमक क्षेत्रमा रहेर काम गर्ने पत्रकार कृष्ण कार्कीलाई १५ हजार राशी सहितको पुरस्कारले सम्मान गरीएको छ । त्यसैगरी यसै क्षेत्रमा पत्रकारीता गरीरहेका विस्नु पौडेललाई ५ हजार नगद सहितको उद्धीयमान पत्रकारीता पुरस्कार प्रदान गरीएको छ ।
पत्रकार मञ्च दमक र दमक नगरपालिकाले सयुत्त रुपमा आज एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रेस काउन्सिलका पुर्व अध्यक्ष तथा राष्ट्रपतिका प्रेस सल्हाकार राजेन्द्र दाहालले पुरस्कार प्रदान गर्नु भएको थियो ।
कार्यक्रमा नेपाल पत्रकार महासघं झापाका अध्यक्ष गणेश पोख्रेल, दमक नगरपालिकाका कार्यकारी अधिकृत पशुपति राज खतिवडा लगायतले आ–आफ्नो धाराणा राख्नुभएको थियो ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।