alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

इलाममा पर्यटकको चहलपहल

User Rating:  / 1
PoorBest 

इलाम ६ कात्तिक / इलामको सन्दकपुर, कन्याम, पाथिभरा, माइपोखरी, इलामबजार लगायतका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल सुरु हुन थालेको छ । मौसममा सुधार आएसँगै जिल्लाका विभिन्न ठाउँमा पर्यटकहरुको चहलपहल देखिन थालेको हो । पर्यटक आगमनले सीमावर्ती होटल तथा बजार भरिभराउ भएका छन् । भारत भएर आउने पर्यटकले मानेभञ्ज्याङदेखि सन्दकपुरसम्मका होटल भरिभराउ भएको स्थानिय नर्वु शेर्पाले बताउनुभयो ।

 उत्तरी क्षेत्र सन्दकपुर, मेघमा, तुम्लिङमा पर्यटकको खचाखचले पर्यटक पालटाँगेर बसेका छन्  सन्दकपुरबाट कञ्चनजङ्घा कुम्भकर्णलगायतका हिम शिङ्खलासँगै सूर्योदय दृष्यावलोकन र नेपाल,  भारतका विभिन्न स्थान सजिलै देख्न सकिने भएकाले पश्चिम र भारतीय पर्यटकको ओइरो लाग्ने गरेको छ ।

    विभिन्न प्रकारका लालीगुराँस र लोपन्मुख रेडपाण्डा, नेपालमामात्र पाइने चरा काडेभ्याकुर जस्ता जनवार, पक्षी सन्दकपुर क्षेत्रमा पाइन्छन् । तीन हजार ६ सय ३६ मिटरको उचाइमा रहेको सन्दकपुर धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।   पर्यटक आउन थालेपछि बर्खाभरि बन्द रहेका होटल पनि धमाधम खुल्न थालेको सन्दकपुरका स्थानिय पेम्वा शेर्पाले बताउनुभयो । हरियाली चियाबारी हेर्न र गर्मी छल्न तराईका जिल्लाबाट पर्यटकहरु कन्याम जाने गरेका छन् । विराटनगर, धरान, इटहरी, झापा र देशका अन्य स्थानबाट पनि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक कन्याम जाने गरेका छन् ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।