यसरी पाएँ मैले परिवर्तन…

यसरी पाएँ मैले परिवर्तन…

नमस्ते मेरो नाम रोशनी शर्मा हो र आज मैले मेरो जीवनशैलीको विषयलाई लिएर यो ब्लग लेखेकी छु। लामो समयसम्म काम (दैनिक ११ घण्टा) र समय तालिका नमिलेकोले गर्दा मैले खाने दिनको तीनै खाना junk खाना हुने गर्दथ्यो। धेरै जस्तो मैले सपिङ मलहरुमा पाइने फास्ट फुड नै खाने गर्दथे। के खाए र खाने कुरामा के के छ भन्ने वास्तै भएन। खानामा तोकिएको पोषण (nutrients) पनि कति छ मैले ध्यानै दिइन। दुई वर्षको अवधिमा म मेरो ५ फिट २ इन्चको शरीरको लागि चाहिने भन्दा बढी नै मोटाएछु। आत्मविश्वास कम हुँदै गयो र म आफैले आफूलाई ऐनामा हेर्नु पनि मन लागेन। धेरै जनाको वजन कम गरेको सफल कथा पढेकी थिएँ र मलाई पनि मेरो कहिले सफलता मिल्छ होला अनि म पनि लेखूँला भन्ने लागिरहन्थ्यो; आज मैले त्यो सफलता हासिल भएको महसूस भईरहेछ र यो मेरो सफलताको कथा तपाईहरु माझ राख्न चाहन्छु। अहिले अमेरिकामा साथै अन्य मुलुकमा चलाउने iPhone मोबाइल फोन त तपाईहरुलाई थाहै छ। म पनि

[ Continue Reading... ]

अब सुन्न पनि सक्नुहुन्छ!

अब देखि तपाईहरुले स्वास्थ्य सम्बन्धी जानकारी यस ब्लगमा सुन्न पनि सक्नुहुनेछ। तसर्थ तपाईहरु माझ अाज यो पहिलो पोडकास्ट लिएर आएका छौँ। तपाईहरुलाई कस्तो लाग्यो, अझ थप के-को बारेमा सुन्नु मन छ, जिज्ञाशा भएको विषयमा कमेन्टमा लेखिदिनुहोला। नत्र भने यहाँ क्लिक गरेर पनि आफ्नो जिज्ञाशा, प्रश्न साथै स्वास्थ्य सम्बन्धी समस्या पनि हामीलाई पठाउन सक्नुहुनेछ।

[ Continue Reading... ]

ग्रीन टी पिउनुको फाईदा

ग्रीन टी पिउनुको फाईदा

BENEFITS OF DRINKING GREEN TEA – Sudarshan Gurung १. ग्रीन टी पिउनु मानसिक स्वास्थ्यको लागि लाभदायक हुन्छ। २. डिप्रेसन भएकाहरुको लागि पनि ग्रीन टी को प्रयोगले फाईदा गर्दछ। ३. शरीरमा उच्च रहेको कोलेस्ट्रोल पनि कम गर्न यसले सहयोग गर्दछ। ४. शरीरको बोसो चिल्लो काट्न पनि मद्दत गर्दछ। ५. मुटुरोग र क्यान्सर जस्ता रोगहरु

[ Continue Reading... ]

हृदयघात [Heart Attack]

हृदयघात [Heart Attack]

   विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार सन् २००८ मा विश्वभर १ करोड ७३ लाख मानिस मुटुसम्बन्धी रोग(cardiovascular diseases)को शिकार भएका थिए। पुरुष-महिला दुवैजनालाई बराबर रुपमा असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा छ। मुटुरोग प्राणघातक भए तापनि ८०% हृदयघात (heart attack) रोकथाम गर्न सकिन्छ।  हृदयघातबाट बच्नको लागि मैले के गर्न सक्छु त?

[ Continue Reading... ]

डिप्रेसन

डिप्रेसन

अहिलेको समयमा डिप्रेसन एकदमै ठूलो समस्या हो। यसले गर्दा जीवनमा शारिरिक, मानसिक र साथै जीवनशैली र सोच्ने सम्झने शक्तिमा पनि असर पार्दछ। डिप्रेसन हुनाले जीवनमा नकारात्मक र निराशावादी सोच आउँदछ  जसले गर्दा जीवन निरर्थक भएको पीडितलाई महसुस हुन्छ। कतिपयले त यस्तो पीडाबाट मुक्ति पाउन आत्महत्याको बाटो पनि रोज्दछ। डिप्रेसनका कारण अनेक हुन्छन् - वंशाणुगत दीर्घरोग वा स्वास्थ्य समस्या आर्थिक तनाव परिवारिक/सामाजिक सहयोगको कमी बेरोजगारी एक्लोपन वैवाहिक वा प्रेम सम्बन्धमा समस्या धूम्रपान, रक्सी लागू पदार्थको कुलत आदि….  यस्तै थुप्रै तनावहरुलाई व्यवस्था गर्न नसक्दा डिप्रेसन हुन पुग्दछ। लक्षण लुकाउन मिल्ने र अन्य रोग जसरी प्रयोगशालामा टेस्ट गरेर पत्ता

[ Continue Reading... ]

के हो स्कार्लेट फिवर [Scarlet Fever]?

के हो स्कार्लेट फिवर [Scarlet Fever]?

स्कार्लेट फिवर ग्रुप ‘ए’ स्ट्रेप्टोकोकस ब्याक्टेरियाबाट सङ्क्रमण हुने रोग हो। प्राय: जसो १० वर्ष देखि मुनि उमेरका बालबालिकाहरु यस रोगको सिकार हुन पुग्दछ।                    हङकङमा यसपालिको स्कार्लेट फिवरको अपडेट यहाँ क्लिक गरी हेर्नुहोस्। स्कार्लेट फिवर कसरी सर्दछ? सङ्रकमित रोगी मानिसको नाक, मुख र घाँटीमा पाइने यस ब्याक्टेरिया हावा साथै हाँच्छ्यू गर्दा, अथवा सङ्क्रमित व्यक्तिको श्वासप्रश्वासको  सम्पर्कमा आएमा सर्ने गर्दछ। यो रोग सम्पर्कमा परे पश्चात १ देखि ३ दिन पछि नै लक्षणहरु देखिन थाल्दछ। लक्षणहरु ज्वरो र घाँटीको दुखाइ नै यसको पहिलो लक्षण हो। टाउको दुख्ने, बान्ता हुने साथै पेट दुख्ने पनि कोही-कोहीमा देखापर्दछ।  विशेषगरी जिब्रो हेर्दा स्ट्रबेरी (strawberry) जस्तै देखिन्छ भने रोगले ग्रसित भएको पहिलो/दोश्रो दिन देखि शरीरको

[ Continue Reading... ]
Hire PHP Developer India